अध्यागमन छापामा गाडीको सिसा फुटाले, अनि तानेर बाहिर निकाले, भुईमा लडाएर पक्राउ गरे


प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार

अमेरिकाको दक्षिणी मिनेपोलिसमा अमेरिकी अध्यागमन आइसका एजेन्टहरुले गाडीको सिसा फोडेर एकजना आप्रवासीलाई पक्राउ गरेका छन् । उनलाई गाडीको सिसा फोडेर बाहिर निकालेर नियन्त्रणमा लिएका हुन् ।

पोर्टल्याण्ड एभिन्यु साउथ र ४२ एभिन्युमा विहान ७ बजेर २० मिनेट जाँदा उनलाई पक्राउ गरिएको हो । ती आप्रवासीले आफ्नो अधिकारको प्रयोग गरेर गाडीको सिसा नखोलेपनि उनलाई जबर्जस्ती गाडीबाट निकालेर भुईमा लडाएर नियन्त्रणमा लिइएको छ ।

आइसले नियन्त्रणमा लिइएका व्यक्ति एल साल्भाडोरका ३८ बर्षीय पुरुष रहेको पुष्टी गरेको छ । ती व्यक्ति मिसडिमिनर अपराधका लागि सन् २००७ मा दोषी ठहरिएको र सन् २००९ मा देशनिकालाको आदेश पाइसकेका फरार अभियुक्त रहेको आइसले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसका एजेन्टको आदेश पालना नगरेका कारण उनलाई बलपूर्वक गाडीबाट निकालिएको आइसको दावी छ । अमेरिकामा देशनिकालाको आदेश पाइसकेका हजारौं कागजपत्रविहिनलाई नियन्त्रणमा लिनका लागि आइतबारदेखि आइसले विशेष अपरेशन सुरु गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com