नयाँ शक्ति नेपाल निकट अन्तराष्ट्रिय नेपाली समाज युकेको महाधिबेशन तयारी


प्रकाशित मिति : १ फाल्गुन २०७३, आइतबार

बेलायत स्थित नयाँ शक्ति नेपाल निकट संगठन अन्तराष्ट्रिय नेपाली समाज युकेले यही मार्च १९ मा आफ्नो महाधिबेशनकोलागि बिशेष तयारी गरिरहेको छ।

अन्तराष्ट्रिय नेपाली समाज युके संयोजक भोला खनालको अध्यक्षतामा बसेको समाजको पूर्ण कार्यसमितिको अनलाईन बैठकले बेलायतमा हुन गई रहेको आगामी महाधिबेशनको तयारीको छलफल र निर्णय गरी बिशेष कार्यभार सहितको बिशेष निर्बाचन समितिहरु पनि घोषणा गरेको छ।

महाधिबेसहन बिशेष समितिको बैठकमा संयोजक भोला खनाल लगायत, अन्तराष्ट्रिय नेपाली समाजका सक्रिय अभियान्ताहरु क्रमश: सुरोज मास्के, थम बहादुर बिश्वकर्मा, पाण्डव महतो, कर्म पहाडी, हेम गुरुङ, शकुन गुरुङ, गोपाल अधिकारी, राजु कंडेल, रुद्र ढकाल (हलोवाला), पुस्प उप्रेती, बिरेन्द्र श्रेष्ठ, रुद्र श्रेष्ठ, सुमित्रा राई, होमनाथ पौडेल, जगन कार्की, डा. भरत सिम्खडा आदि बिभिन्न पदाधिकारीहरु तथा नयाँ नेपाल निर्माणको लागि निरन्तर लागिपरेका युवाहरुको सहभागिता रह्यो ।

बैठकमा उपपस्थित हुन नसकेका युवा अभियान्ताहरु मध्ये रेशम थापा, गणेश अधिकारी, दिपक गुरुङ, बिजय डंगोल, क्रान्ति मास्के, धन गुरुङ आदिले आफ्नो समय ब्यस्तताले गर्दा उपस्थिति हुन नसकेको संदेश पठाएका थिए। तरपनि गणपूरक संख्या पुगेकाले उपस्थित सदस्यहरुको बहुमत सदस्यहरुले बैठकलाई निरन्तरता दिंदै आगामी महाधिबेशनमा हुने नयाँ कार्यसमितिको चुनाबकोलागि महत्वपूर्ण निर्णयहरु पारित गरेका थिए।

बैठकको निर्णयले आगामी मार्च १९ मा हुने अधिबेसनकोलागि कर्मा पहाडी शेर्पा, धन गुरुङ, सुमित्रा राई, हेम गुरुङ, तार्बिन पोख्रेल समेतको ५ सदस्यीय बिशेष केन्द्रीय ब्यबस्थापन समितिको चयन गरेको छ । त्यस्तै, बिधान सम्बन्धि निर्णयमा निर्वाचनका पदहरु तथा बिधिहरु पनि केन्द्रीय समितिले तोके अनुसार हुने र सोही अनुरुप अधिवेसनकै दिन बिधान पारित गरी महा-अधिवेसन सम्पन्न गरिने जनाएको छ ।

महाधिवेसनको तयारी गर्दै निर्वाचन मण्डल तर्फ बैठकको निर्णय हुँदा डा. भरत सिम्खडाको सम्योजक्त्वमा हाललाई ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ। यस बिशेष निर्बाचन समितिकोलागि बाँकी दुई पदहरुमा पनि ढक बहादुर गुरुङ र थम बिक लाई बैठकको बहुमतले सिफारिश गरेको छ।

त्यस्तै बैठकले अधिबेसनमा लाग्ने सम्पूर्ण आर्थिक खर्चकोलागि एक बिशेष आर्थिक समिति पनि चयन गरेको छ। उक्त बैठकले सुरज मास्के, राजु कंडेल, सकुन गुरुङ, कृष्ण गैरे र चन्द्र गुरुङलाई आर्थिक ब्यबस्थापनको जिम्मेवारी दिएको छ।

जन सम्पर्क तथा महाधिवेसन प्रचार प्रसार समितिमा भने बिरेन्द्र श्रेष्ठको बिशेष संयोजकत्वमा रुद्र ढकाल (हलोवाला) र होमनाथ पौडेललाई बिशेष जिम्मेवारी सुम्पिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तराष्ट्रिय नेपाली समाज युकेको आगामी महाधिवेसन सम्बन्धि अन्य आवस्यक छलफल तथा निर्णयहरु अर्को बैठकमा टुंगो लगाइने भन्दै अन्तराष्ट्रिय नेपाली समाज युकेका महा-सचिव जगन कार्की बताएका छन् । महा-सचिव कार्कीद्वारा प्राप्त सूचनामा समाजको अर्को बैठक आगामी फेब्रुवरी २६ तारिख, २०१७ बेलुकी ४ बजे देखि ६ बजे सम्म हुने भएको छ ।

– लण्डनबाट हलोवाला

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com