विवाह गर्ने र दम्पत्ति तथा छोराछोरीलाई ग्रिनकार्ड फाइल गर्नेलाई अगस्तमा पनि मौका (भिडियो)


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर पुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि अगस्त महिनामा पनि मौका आएको छ । अगस्त महिनामा दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदन दिन चाहनेहरुले एकसाथ आई ४८५ आवेदन समेत दिनसक्ने भएका छन् ।

जुलाईमा जस्तै अगस्तको भिसा बुलेटिनमा पनि परिवारमा आधारित उक्त श्रेणीको ग्रिनकार्डका लागि आवेदन मिति सबैका लागि करेन्ट भएको हो । अमेरिकामा नै विवाह गरेर आफ्ना दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्न चाहने ग्रिनकार्डवाहकका लागि समेत यसलाई सुनौलो मौका भनिएको छ ।

तर आई १३० आवेदन युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेकाहरुका सन्दर्भमा भने भिसा करेन्ट हुनुको कुनै अर्थ हुनेछैन । साथै अमेरिकाबाहिर दम्पत्ति र छोराछोरी हुनेहरुका सन्दर्भमा पनि आवेदकले कुनै आवेदन फाइल गर्न जरुरत छैन । तर आई १३० स्वीकृत भएर आवेदन नेशनल भिसा सेन्टरमा गइसकेकाहरुले भने दूतावासमा छिटो अन्तरवार्ता प्राप्त गर्नसक्नेछन् ।

यसबारेको बिस्तृत भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com