माधव नेपाल इमानका प्रतिमूर्ति हुन्, छानविनबाट डराउँदैनन्


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

राधाकृष्ण देउजा

आफ्नो विगत अत्यन्त विवादास्पद हुँदाहुँदै पनि अनेकन चलखेल गरेर अख्तियारको आयुक्त अनि संयोग वा चलखेलले नै केहि समय प्रमुख आयुक्त बन्न पुगेका दीप बस्न्यातको सम्पत्ति देखेर अत्तालिने मान्छेहरु थुप्रै थिए र छन, उनि अख्तियारमा के कसरि नियुक्त भए त्यसको लेखाजोखा समयले गर्ला नै ।

खैर जे होस उनको अथाहा सम्पत्ति र उनको संदिग्द व्यवहार आफुसंगै काम गर्दा नै बुझेकोले पनि होला , कुशल असल र इमान्दार प्रशासकको छवि बनाउन सफल नविन घिमिरेको नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता भएको सम्वन्धमा बुझ्न तत्कालिन अवस्थाको विभागीय सचिव भएको नाताले उनलाइ वयानमा बोलाएछ ।

यदी उनको बारेमा सुनिएका चर्चा परिचर्चा सत्य हुन भने सरकारी जागिरकै भरमा अथाहा सम्पत्ति जम्मा गर्ने दिप बस्नेत यो मात्रै हैन अनेकन हिसाबले छानविनमा आउनु पर्ने देखिन्छ , त्यस्तै बुझिन्छ, त्यो के हुन्छ हेर्दै जाउँला अहिले भने उनले वयानको दौरान भनेको भनेर जे जस्ता कुराहरु वाहिर आएका छन त्यसैको चर्चा गरौँ ।

उनले वालुवाटार जग्गा प्रकरणमा आफुले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल अनि मुख्यसचिवले भने बमोजिम मात्रै गरेको भनेर आफ्नो यसमा कुनै दोष नरहेको दावी गरेछन् । उनले दिएको वयानको आधारमा अव छानविन नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल देखि तत्कालिन मुख्यसचिवहरु माधव घिमिरे देखि लीलामणि पौड्याल तर्फ सोझिन सक्ने भन्दै नागरिक जस्ता लोकप्रिय मिडियाले चर्चा गरेको पढन पाइयो ।

कुनै पनि निर्णय विवादित भैसके पश्चात त्यसमा संलग्न रहेको भनेर कसैको नाम आउँदा निजहरु उपर छानविन हुनुपर्छ वा हुनसक्छ भनेर भनेर संचार माध्यमले भन्नुलाइ अन्यथा मान्न मिल्दैन र हुदैन तर त्यसो हुँदै गर्दा पनि जो जसको बारेमा चर्चा भएको छ उनीहरुको विगत र वर्तमानलाइ हेरेर केहि निष्कर्ष निकाल्न भने सकिन्छ ।

त्यसो हुँदा दिप बस्नेतको वयानको आधारमा माधव नेपाललाइ पनि अनुसन्धानको दयारामा ल्याउनु पर्छ भन्ने लेख्ने , ठान्ने वा मान्नेहरुले निम्न सत्यहरुको स्मरण गर्नु वान्छनीय हुने देखिन्छ :

१. समाकलिन नेपालको राजनीतिमा माधव नेपाल आर्थिक रुपमा कहीं कतै विवादमा नपरेको नेता हुनुहुन्छ , वहाँको आर्थिक इमान्दारितामा कहीं कतै चर्चा परिचर्चा भएको पाइदैन ।

२. आफुले नेतृत्व गरिरहेको पार्टीले अनपेक्षित हार व्यहोर्नु पर्दा कसैले राजीनामा नामाग्दै राजीनामा दिने , मुलुकमा सहमति र सहकार्यको अवस्था बन्न नसकिरहेको अवस्थामा आफुले सत्ता त्याग्दा त्यो सम्भव छ कि भनेर वहुमत साथमा हुँदाहुँदैको अवस्थामा प्रधानमन्त्री पदबाट राजिनामा दिने व्यक्ती माधव नेपालनै भएको तथ्यले वहाँलाइ आफ्ना कुनै निर्णयमा खोट नरहेको ढुक्क रहेको प्रष्ट पार्दछ किनकि आफु कुनै जिम्मेवारीमा रहँदा अनेकन फण्डा गरेकाहरुलाइ मात्रै पद छोड्न असहज हुनेगर्छ , त्यस्ताले मात्रै सहजता साथ् पद त्याग गर्दैनन, सर्वत्र दवाव पर्दा पनि पद त्याग गर्दैनन । तर माधव नेपाललाइ कहिले कुनै पद त्याग्न असहज भएको छैन न कुनै पद पाइएन भनेर वहाँले अनावश्यक छटपटी देखाउनु नै भएको छ ।

३. वहुचर्चित वालुवाटार जग्गा प्रकरणको सम्वन्धमा समेत माधव नेपालले नीतिगत रुपमा प्रधानमन्त्री निवास विस्तार गर्ने योजना सहितका काम आफ्नो नेतृत्वको सरकारले अगाडी बढाएको , सोहि अनुसार नीतिगत निर्णयहरु भएको र आफ्ना निर्णयहरुमा कहीं कतै सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने वा यस्तो केहि निर्णयहरु नभएको र कहीं कतै गडबडी भए रहेको छन भने त्यसमा संलग्न जोसुकैलाइ छानविनको दयारामा ल्याउन धेरै अगाडीनै सुझाव दिसक्नु भएकै हो ।

उल्लेखीत तथ्यहरु र माधव नेपालको सरलता , निडरता अनि इमान्दारिता सहितको खुल्ला किताव जस्तो व्यक्तित्वको सत्यलाइ मनन गर्दा वहाँ आफ्नो इमान्दारिताको निम्ती परिक्षित हुन पर्ने व्यक्ति हुँदै हैन भनेर भन्दा अन्यथा हुनेछैन भने माधव नेपालले गरेका निर्णयहरुको बारेमा कुनै प्रकारको छानविन हुँदा पनि त्यसले वहाँको नियतमा खोट रहेको , वहाँले कुनै पनि निर्णय आफ्नो निजि हितमा गरको वा वहाँले गरेको कुनै पनि निर्णयबाट वहाँ आर्थिक रुपमा लाभान्वित भएको देखिने छैन भनेर ठोकुवा गर्दा फरक पर्ने छैन ।

यद्धपि वालुवाटार जग्गा प्रकरणकै विषयमा चर्चा गर्दा केवल माधव नेपाल मात्रै नभएर तत्कालिन मुख्यसचिवहरु स्वर्गीय माधव घिमिरे र महामहिम लीलामणि पौड्यालको पनि त्यसमा कुनै प्रकारको वदनियत नरहेको तथ्यले प्रमाणित गर्ला भन्ने अनुमान गर्दा सायदै गलत होला किनकि दुवै प्रशासकहरुको विगत वेदागनै रहेको छ ।

आखिर प्रमाणित हुने त सत्य र तथ्य मात्रै न हो , कसैले आफु बच्नको निम्ती दिएको वयान वा कसैको दुरासयपूर्ण आरोपहरुले तथ्यको जगमा गलत सावित हुनै पर्नेनै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com