‘गुपचुप’ काठमाडौं आएका भेनेजुएलाका राष्ट्रपतिका छोराको यस्तो छ, कार्यक्रमको तालिका


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

 दक्षिण अमेरिकी मुलुक भेनेजुयलाका राष्ट्रपति निलोकस मडुरोका छोरा निकोलस मडुरो गुयरा नेपाल आएका छन्। उनी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै  नेपाल आइपुगेका हुन्।

उनी  सत्तारूढ दल (नेकपा)को युवा संगठनको निमन्त्रणामा नेपाल  आएका हुन्। नेकपाको युवा  संगठनका अध्यक्ष रामप्रसाद सापकोटाले भेनेजुयलाको सत्तारूढ दलका युवा संगठनको महासचिवको नेतृत्वमा १५ सदस्यीय टोली नेपाल आएको नेकपाको युवा  संगठनले बताएको छ । राष्ट्रपतिका छोरा मादुरो गुयरा विशेष सैनिक फौज (कर्पस् अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन् । यसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षणसमेत गर्छ । उनी पार्टीका र संसद्मा समेत छन् ।नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्।

उनको कार्यक्रमको तालिका यस्तो छ :

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com