पाँच वर्षमा पनि बनेन मोर्कखोलामा पुल


प्रकाशित मिति : फाल्गुन १, २०७३ आईतबार

जाजरकोट–जुम्ला सडकको छेडा–कचाली सडक खण्डअन्तर्गत मोर्कखोलामा पाँच वर्षअगाडि निर्माण सुरु गरिएको पक्की पुल अझै निर्माण सम्पन्न भएको छैन । १५ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौंले पुल निर्माणको ठेक्का पाएको थियो ।

जाजरकोट सुवानाउलीका कर्णबहादुर थापाले निर्माण ठेक्का पाएको पुल निर्माणमा हालसम्म ६० लाख खर्च भइसकेको बताइएको छ । स्थानीय सडक पुल आयोजनाअन्तर्गत निर्माण हुँदै गरेको पुलको निर्माण लागत भने एक करोड ४३ लाख रहेको छ । २५ मिटर लम्बाइ र चार मिटर चौडाइ रहने पुलको दुवैतर्फ पिल्लर उठाउनेभन्दा बढी काम हुन सकेको छैन ।

प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने र जिम्मेवारी पाएपछि समयमै काम नगर्ने प्रचलनले समस्या आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

समयमै पुल निर्माण नहुँदा पटक–पटक गरी तीनपटक म्याद थप भइसकेको छ । समयमै पुल निर्माण नहुँदा बालबालिका, महिला र वृद्धवृद्धालाई बढी समस्या भएको छ । खोला बढ्दा विद्यार्थीहरू विद्यालय जान वञ्चित हुने गरेका छन् । त्यस्तै, बर्खामा यातायातका साधन पनि जोखिम मोलेरै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुल नबन्दा थलह बजारसम्मको २५ किलोमिटर सडकमा नियमित यातायात चल्न सकेको छैन । पुल नबन्दा जिल्लाको पश्चिम सीमा, जुँगा, थापाचौर, साल्मा, दसेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैकलगायत १५ गाविस र जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ ।

स्थानीयले निर्माण व्यवसायीलाई कडा कारबाहीको माग गरेका छन् । पूर्वगृहमन्त्री तथा जाजरकोट क्षेत्र नं. १ का सांसद शक्तिबहादुर बस्नेतलाई भेटेरै स्थानीयले पुल निर्माणको काम तत्काल अगाडि बढाउन निर्माण व्यवसायीलाई ताकेता गर्न माग गरेका थिए । जिल्ला विकास समिति र जिल्ला प्रशासनमा समेत स्थानीयले निर्माण व्यवसायीलाई काम छिटो गर्न ताकेता गरिदिन अनुरोध गरेको सीमा–१ का गोपाल पुनले बताए । नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com