आजदेखि अमेरिकी अध्यागमनको छापा यी ९ वटा शहरमामात्र


प्रकाशित मिति : असार २९, २०७६ आईतबार

आइतबारदेखि अमेरिकी अध्यागमनको छापा १० वटा मुख्य शहरमा सुरु हुने बताइएपनि न्यु ओर्लियान्समा भने छापा नमारिने जनाइएको छ । बेरी नामको आँधीले उक्त क्षेत्रमा पारेको प्रभावका कारण आइसले उक्त क्षेत्रमा मार्ने भनिएको छापा अहिलेका लागि रद्द गरेको जनाइएको छ ।

तर न्युयोर्क, एटलान्टा, बाल्टिमोर, शिकागो, डेनभर, ह्युस्टन, लस एन्जलस, मायामी र सान फ्रान्सिस्कोमा भने आइसको छापा तालिका यथावत नै रहेको छ । अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका र राष्ट्रिय सुरक्षा, सार्जजनिक सुरक्षा तथा सिमा सुरक्षामा खतरा रहेकाहरुलाई पक्राउ र देशनिकालाका लागि प्राथमिकतामा राखिएको आइसका प्रवक्ताले जनाएका छन् ।

यसपटकको छापामा आइसले पछिल्लो चरणमा अमेरिकामा प्रवेश गरेका र देशनिकालाको आदेश पाइसकेका परिवारहरुलाई पनि निशानामा राखेको छ । जुन २ हजारको संख्यामा रहेको जनाइएको छ ।

आइसको छापाको समाचारले आप्रवासीहरुमा त्रासको वातावरण श्रृजना गरेको छ । कतिपय काम छाडेर घरमै बसेका छन् भने घरमै बसेकाहरुले पनि बत्ति निभाएर चुपचाप बस्ने योजना बनाएका छन् ।

गत फरबरीमा आइसले देशनिकालाको आदेश पाइसकेका २ हजार परिवारलाई पत्र पठाउदै आफूहरुसमक्ष उपस्थीत हुन आदेश दिएको थियो । आइसको तथ्यांक अनुशार सन् २०१८ मा २ लाख ५६ हजार ८५ जनालाई देशनिकाला गरिएको थियो , जुन आर्थिक बर्ष २०१७ को तुलनामा बढी हो । आर्थिक बर्ष २०१७ मा २ लाख २६ हजार ११९ जनालाई देशनिकाला गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com