कोशी व्यारेजको २६ ढोका फेरी बन्द !


प्रकाशित मिति : असार २९, २०७६ आईतबार

गए राति खोलिएको कोशी व्यारेजको ढोका फेरी बन्द गरिएको छ । गएराति पानीको बाहाव ३ लाख ७१ हजार १ सय १० पुगेको भन्दै ५१ बर्ष पछि ५६ वटै ढोका खोलिएका थिए । यो बहाव पाँच वर्ष यताकै सबैभन्दा धेरै रहेको थियो । यस भन्दा पहिले २०२५ सालमा सप्तकोशी नदीको बहाव ९ लाख क्युसेक पुग्दा खोलिएको थियो ।

आज बिहान फेरी पानीको बाहाव घटेको भन्दै ५६ ढोका मध्ये २६ वटा ढोका बन्द गरेर ३० वटा ढोका मात्रै खोलेको छ ।
भारतले कोशी व्यारेजको ढोका बन्द गरेपछि कोशी आसपासका वासिन्दा त्रसित भएका छन् । भारतले नेपाली नदीमा आफनो नियन्त्रण राख्ने भएकोले नेपाली भुमि डुवान र कटानमा पर्ने गरेको कोशी विज्ञहरु बताउछन् ।

अहिले कोशी व्यारेज कन्ट्रोलरुमका अनुसार सप्तकोशी नदीको वाहाव २ लाख ६४ हजार १ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ । केही दिनदेखि निरन्तर पानी परिरहेकोले सप्तकोशी नदीको बहाव अझ वढन सक्ने बताईएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com