छिट्टै निर्वाचनको मिति घोषणा हुन्छः प्रधानमन्त्री


प्रकाशित मिति : माघ २९, २०७३ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा एमाले सहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले सकेसम्म सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको र आवश्यक प्रक्रियासमेत अगाडि बढिरहेको बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकायको निर्वाचन गराउने पक्षमा सरकार रहेकाले कुनै पनि आशंका नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

दुई पार्टीका शीर्ष नेताबीच भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

निर्वाचन हुन नसके मुलुक विषम राजनीतिक संकटमा फस्ने भएकाले त्यसतर्फ ध्यान दिनसमेत प्रधानमन्त्रीलाई सचेत गराइएको एमाले उपाध्यक्ष, भीम रावलले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीले समेत निर्वाचन नहुदाको अप्ठ्यारो र त्यसले पार्ने प्रभावका बारेमा आफू सचेत रहेको बताउनुभएको उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।

पछिल्ला दिनमा प्रमुख राजनीतिक दलबीच संवाद हुन छाडेको सन्दर्भमा आज प्रमुख दुई दलबीच संवाद भएको हो । संवादको संयोजन माओवादी केन्द्रका नेता श्रेष्ठले गर्नुभएको थियो ।

छलफलमा प्रमुख तीन दलबीच निर्वाचनको विषयमा सहमति जुटाउने, मधेस केन्द्रित दललाई समेत सहमतिमा ल्याएर शीघ्र निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमति भएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com