अमेरिकामा १७ दिनदेखि हराइरहेका नेपाली युवा सकुशल भेटिए


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

अमेरिकाको मेरिल्याण्डमा केहीदिनदेखि हराइरहेका नेपाली युवक आयुष दाहाल भेटिएका छन् । बाल्टिमोरमा बस्दै आएका २२ बर्षीय दाहाल शुक्रबार भेटिएका हुन् । भेटिएपछि उनलाई मेरिल्याण्डमा
एकजना नेपालीको घरमा राखिएको छ ।

उनी आफूहरुको सम्पर्कमा आइसकेको र विभिन्न सरकारी निकायबाट बेपत्ताका रुपमा जारी गरेका सुचनाहरु क्रमश हटाइने मेरिल्याण्डका राज्यका सांसद ह्यारी भण्डारीले खसोखासलाई जानकारी दिए । दाहालमा कुनै प्रकारको मानसिक वा शारिरिक समस्या नदेखिएको पनि भण्डारीले बताएका छन् ।

जुन महिनाको अन्तिमसाता आफू बस्दै आएको घरबाट निस्केका आयुष साथीभाई र नेपाल घरमा पनि सम्पर्कमा नभएपछि खोजी कार्य शुरु गरिएको थियो । आयुषलाई सकुशल भेटिएको र घरमा पनि जानकारी दिइसकिएको भण्डारीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयुष मेरिल्यान्ड राज्यको ग्वेन ओक्समा आफ्ना साथी सम्मान बैद्यसँग कोठाभाडामा बस्दै आएका थिए । १५ दिनसम्म खोजी गर्दा पनि उनी नभेटिएपछि सार्वजनिक रुपमा अपिल समेत जारी गरिएको थियो ।

आयुश को फोनमा सम्पर्क गर्दा कुनै अपरिचित व्यक्तीले फोन उठाएएर आफूले उक्त फोन बल्टिमोरको इनर हार्वरमा मध्यरातमा बेन्चमा सुतिरहेको व्यक्तिबाट लिएको बताएका थिए । पछि उक्त फोन अफ रहेको थियो ।

आयुषले आफूले योर्क रोडको शेल ग्यास स्टेशनमा काम पाएको र उतै बस्ने भनेर हिडेका थिए । तर त्यस क्षेत्रमा रहेका कुनै पनि ग्यास स्टेशनमा सम्पर्क गर्दा उनको पत्तो लागेको थिएन ।

मेरिल्याण्डका राज्यका सांसद ह्यारी भण्डारीले अमेरिकामा पढ्न आउने नेपाली विद्यार्थीहरु आर्थिक अभाव लगायतका समस्याका कारण थप समस्यामा फस्ने गरेको र उनीहरुलाई सान्त्वनाको जरुरत रहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com