मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १७ प्रतियोगीहरु छनौट ,शृंखला खतिवडा सहभागि हुने


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

अगस्त १७ मा न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१९ का अन्तिम प्रतियोगीहरुको छनौट सम्पन्न भएको छ । अन्तिम (फाइनलिस्ट)मा अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागिता रहेका मध्ये १७ जना निर्णायक चरणमा पुगेका हुन् ।

उक्त अन्तिम सूचीमा पुग्ने १७ जना प्रतियोगीहरु मध्येमा मिनेसोटाकी आस्मा थापा मगर ,भ्यानकुभर क्यानडा कि आस्था पाण्डे ,मिनेसोटाकी एन्जिला अधिकारी ,ओहायो की बिष्णु मिश्रा ,भर्जिनिया कि गरिमा पौडेल ,म्यासाचुसेट्सकी कृति केसी ,न्यूयोर्ककी मनिषा रोका ,क्यालिफोर्नियाकी ओशिन रायमाझी ,ओकल्हामाकी राजश्री आचार्य ,न्यू योर्ककी रेबिका श्रेष्ठ ,क्यालिफोर्नियाकी रिस्ता शाह ,ईडाहोकी सबिना पौडेल ,कोलोराडोकी सेलिषा नेपाल ,मेरिल्याण्डकि शिक्षा घिमिरे,न्यूयोर्क की सोनी खनाल , पेन्सेलभेनियाकी सोनिशा थापा तथा न्यूयोर्ककी श्रीया गजुरेल छनौटमा पुग्न सफल भएका छन् ।

गत बर्ष मिस नेपाल नर्थ अमेरिकामा मोनिका घले भएकी थिइन् प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता सृजना राई भएका थिए ।

यस पटक मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि कूल ३३ जनाले निवेदन दिएका थिए भने त्यस मध्ये उत्कृष्ट १७ जनालाई छनौट गरेको आयोजकका प्रमुख शैलेन्द्र श्रेष्ठले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो मिस नेपाल नर्थ अमेरिका २०१९ नामक कार्यक्रमको लागि मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा आधिकारिक सहभागी मेन्टर(परामर्शदाता)को रुपमा सहभागिता हुने छिन ।

यस पटक पनि मिस नेपाल २०१० कि सदिक्षा श्रेष्ठले आधिकारिक कोरियोग्राफरको भूमिका निर्वाह गर्ने छिन । अतिथि कलाकारहरुमा क्रमस एड्रीएन प्रधान ,सिने गुरुङ ,बिक्की गुरुङ ,आदित्य लामा,राहुल राई तथा जय गुरुङको प्रस्तुति रहने छ ।

यसै गरि यस पटक उद्घोषक सुमित सिग्देलले गर्ने छन् भने डिस्क जोकी(चक्रिका विदूषक)हरुमा क्रमस रोकेश गुरुङ तथा जङ्गबु शेर्पा रहने छन् । आगामी अगस्त महिनाको १७ तारिखका दिन गत बर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा कार्यक्रम हुने भएको छ ।

स्मरण रहोस ,गत बर्ष प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि मिस नेपाल २०१० कि सदिक्षा श्रेष्ठले कोरियोग्राफ गरेकी थिइन् भने २०१७ कि मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिइन् ।

प्रतियोगितामा भाग लिनको अलागी आवेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको थियो । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्ने छ ।

९ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।

आयोजक समूह शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह संस्थापक सभापति रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com