‘बोले फसिन्छ, बरु नबोलेकै बेस’


प्रकाशित मिति : असार २६, २०७६ बिहीबार

बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए । त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमा देखिए ।

त्यसैबेला गोलीको अर्को आवाज सुनियो । त्यसबारे विजय अझै खुलेर बताउन सक्दैनन् । उनी मात्र होइन, भोजपुर बजारवासी कोही पनि खुला ठाउँमा सुनेको देखेका कुरा गर्दैनन् / ग र्न चाहँदैनन् ।

प्रतिबन्धित नेकपा (विप्लव समूह)का कार्यकर्ता र प्रहरीबीच बुधबार भएको मुठभेडपछि सदरमुकाममा छाएको सन्नाटा कायमै छ ।

कसैले केही कुरा गर्न खोज्यो भने सदरमुकामवासी केही थाहा नभएको भन्दै तर्किन्छन् । ‘को विप्लव, को प्रहरी, चिन्न सकिँदैन,’ विजय भन्छन्, ‘बेकारमा फसिन्छ । बरु त्यो घटनाबारे नबोल्नु नै बेस ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com