चुनावको मिति तत्काल घोषणा नगरे प्रचण्ड–सरकारको औचित्य समाप्त : रावल


प्रकाशित मिति : माघ २८, २०७३ शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले प्रचण्ड नेतृत्वको सरकारले केहीदिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुने स्पष्ट पारेका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य पूर्ण रुपमा समाप्त हुने स्पष्ट पारेका हुन्। उनले भने,‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव गराउनको लागि पनि अर्को सरकार गठन नगरी सुखै छैन्।’

साक्षात्कारमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकार संक्रमणकालिन सरकार भएकोले चुनाव गर्न नसके र संविधान कार्यान्वयन गर्न पनि नसके सरकारको कुनै औचित्य नै नहुने बताएका हुन्। उनले भने,‘चुनाव पनि नगर्ने अनि संविधान कार्यान्वयनपनि गर्न नसकेपछि यो सरकारको के काम?’

पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष रावलले वर्तमान सरकार संविधान कार्यान्वयनको लागि उदासिन बनेको समेत आरोप लगाए। उनले थपे,‘बैशाखभित्रै चुनाव गर्नेगरि निर्वाचनको मिति घोषणा गर्नुपर्छ, हामीले प्रधानमन्त्रीजीलाई भेट्दाखेरि बारम्बार यही कुरा आग्रह गरेका छौं।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले बिना कारण १५ दिनसम्म व्यवस्थापिका–संसदको बैठक स्थगित् गर्नु दुःखदायी भएको टिप्पणी गर्दै भने,‘यो सरकारले राष्ट्रिय हित विपरित संविधान संशोधन प्रस्ताव ल्याउँदा हामीले त्यसको विरोधमा संसद अवरोध गर्दा चुनाव हुन नदिने भनेर हामीलाई आरोप लगायो, तर अहिले विना कारण संसद बैठक स्थगित् गर्नुको रहस्य के हो?’

उनले प्रधानमन्त्रीले आफूहरुसँगको भेटमा छिट्टै निर्वाचनको मिति घोषणा गर्ने विश्वास दिलाएपनि आफूहरु अझैपनि ढुक्क भई नसकेको जिकिर गरे। रावलले भने,‘उहाँले चुनावको मिति चाँडै घोषणा गर्छु भनेर हामीसँगको भेटमा भन्नुभएको छ, तर हामी अझैपनि ढुक्क छैनौं, यति हुँदापनि हामी चुनावको मिति घोषणा चाँडै होस् भन्ने प्रतिक्षामा छौं।’

उनले मुलुकको संकट समाधान हुन्छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिन एमाले तयार रहेको समेत बताए।

उनले भने,‘चुनावको मिति घोषणा हुन्छ भने हामी संशोधन प्रस्तावलाई छलफल गर्न दिन्छौं, तर हामी यो देश र जनताको हित विपरित आएको प्रस्तावलाई असफल बनाएर चुनावमा जान्छौ, यो प्रस्ताव सदनबाट पारित हुने कुनै आधार छैन, यसलाई एमालेले असफल बनाएर देखाईदिन्छं।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com