विमानको ल्याण्डिङ गियरमा लुकेर जिउँदै दिल्लीबाट लण्डन पुगेका प्रदीप


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

गत साता विनाटिकट विमानको ल्याण्डिङ गियरमा लुकेर यात्रा गरेका एकजना केन्याका नागरिकको शब लण्डनको आकाशमा उडिरहेको विमानको ल्याण्डिङ गियरबाट भुईमा खस्यो ।
लण्डनको हिथ्रो विमानस्थलमा अवतरण हुँदै गरेको केन्या एयरलाइन्सको विमानबाट उक्त शव खसेको थियो । पछि विमानमा चेक गर्दा ल्याण्डिङ गियरमा उक्त व्यक्तिले राखेको खाना र पानी समेत भेटिएको थियो ।

जोन बाल्डोक

यो दृश्य देखेका जोन बाल्डोकलाई परेको आघातका कारण उनी बोल्न नसक्ने अवस्थामा अस्पतालमा भर्ना भएका छन् । २० को दशका बाल्डोकलाई घर पछाडिको बगैचामा घाम तापेर बसिरहेका थिए । उनीभन्दा केही इन्च परमात्र केन्याका ती नागरिकको शव खसेको थियो ।

विमानको ल्याण्डिङ गियरमा लुकेर जिउँदै दिल्लीबाट लण्डन पुगेका प्रदीपल्याण्डिङ गियरमा लुकेर यात्रा गर्दा कैयनले यसरी ज्यान गुमाउने गरेका छन् । तर एकजना यस्ता व्यक्ति थिए जो ल्याण्डिङ गियरमा लुकेरै जीवितै लण्डन पुग्न सफल रहे । यसरी यात्रा गर्ने मान्छे जीवित रहेको घटना विरलै छ ।

आजभन्दा २३ वर्ष पहिले एक युवक यसैगरी यात्रा गरेर लण्डन पुगेको रिपोर्ट बेलायती संचारमाध्यमहरुले प्रकाशित गरेका छन् । डेली मेलमा प्रकाशित रिपोर्ट अनुशार सन् १९९६ मा भारतबाट प्रदीप नाम गरेका व्यक्ति आफ्ना भाई १८ बर्षका विजयसँगै विमानको ल्याण्डिङ गियरमा लुकेर यात्रा गरेका थिए ।

प्रदीप सैनी

प्रदीप आश्चर्यजनक रुपमा जिवितै बेलायत आए तर उनका भाइको भने मृत्यु भयो । लण्डनमा विमान अवतरण गर्नैलाग्दा विजयको शव भुईमा खसेको थियो भने उनको अत्याधिक चिसोका कारण मृत्यु भएको थियो । २२ बर्षका प्रदीप भने माइनस ६० डिग्री तापक्रममा अक्सिजनको अभावमा छटपटाउँदै पनि जीवितै रहे । केन्याका नागरिक मारिएको खबर आएसँगै अहिले ४४ बर्षका रहेका प्रदीपले आफ्नो कथा मिडियालाई बताएका हुन् ।

पञ्जावमा कार मेकानिक रहेका प्रदिप सैनी विमानको ल्याण्डिङ गियरमा लुकेर भारतको दिल्लीदेखि लण्डनसम्म यात्रा गरेका थिए । १९९६ मा यसरी लुकेर दिल्लीबाट लण्डन पुगेका सैनीले अहिले लण्डनमा ड्राइभरको काम गर्छन् । करिब ६ हजार ५ सय किलोमिटरको यात्रा विमानको ल्याण्डिङ गियरमा बिताएका सैनी जीवित रहन सफल भए । यो यात्राको क्रममा ब्रिटिस एयरलाइस्नको विमान ४० हजार फिटसम्मको उचाइमा पुग्यो र उनले शून्य बराबर अक्सिजन र माइनस ६० डिग्री सेल्सियस तापक्रमको सामना गरे ।

त्यतिबेला लण्डन पुग्दा प्रदिप बेहोस अवस्थामा भेटिएका थिए । उनलाई अस्पतालमा भर्ना गरियो जहाँ आश्चर्यजनक रुपमा डाक्टरलाई चकित पार्दै उनले स्वास्थ्यलाभ गरेका थिए । पछि उनलाई बेलायतबाट निकाल्ने प्रयास भएपछि उनले धेरै लामो कानुनी लडाइ लड्नुपर्यो । अन्ततः अदालतले १८ वर्षपछि २०१४ मा उनलाई लण्डनमै बस्न अनुमति दियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com