एमाले अढाइ करोड नाफामा, कांग्रेस तीन करोड र माओवादी २६ लाख ऋण !


प्रकाशित मिति : माघ २८, २०७३ शुक्रबार

निर्वाचन आयोगमा ११२ दल दर्ता छन् । तर, ८६ दलले मात्र आर्थिक वर्ष ०७२-७३ को आयव्यय विवरण बुझाएका छन् । दर्ता भएकामध्ये २६ दलले आयव्यय विवरण समयमा बुझाएनन् । विवरण बुझाएकामध्ये थोरै दलले मात्रै ऋण रहेको देखाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १२ मा दर्ता भएका दलले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आयव्यय विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ । लामो समय खर्च विवरण समयमा पेस नगर्ने दललाई आयोगले जरिवाना तथा खारेजीको प्रक्रियामा समेत लैजान सक्छ ।

एमाले सबैभन्दा धनी

प्रमुख प्रतिपक्षी दल एमाले सबैभन्दा धनी देखिएको छ । निर्वाचन आयोगमा बुझाएको आयव्यय विवरणअनुसार एमालेले आव ०७२-७३ मा सात करोड ५४ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । खर्च भने चार करोड ९९ लाख ४० हजार रुपैयाँ भएको छ । एमाले करिब अढाइ करोड रुपैयाँ नाफामा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कांग्रेसले गत आवको आम्दानीभन्दा खर्च बढी रहेको विवरण निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसले ६ करोड चार लाख ४१ हजार रुपैयाँ आम्दानी भएको र दुई करोड ९० लाख रुपैयाँ ऋण रहेको देखाएको छ ।

माओवादी केन्द्र २६ लाख ऋणमा
माओवादी केन्द्रले गत आवमा दुई करोड ८८ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । आम्दानीभन्दा बढी खर्च भएको भन्दै माओवादी केन्द्रले २६ लाख १२ हजार रुपैयाँ ऋण रहेको आयव्यय विवरण निर्वाचन आयोगमा बुझाएको छ ।

साना दल, ठूलो खर्च
निर्वाचन आयोगमा दर्ता भएका, तर जनताबीच कमजोर संगत रहेका साना दलले खर्च भने ठूलो देखिएका छन् । जनप्रजातान्त्रिक पार्टी नेपालले ७ लाख ४८ हजार ३ सय आम्दानी गरेको छ । तर, ३१ हजार ७ सय ऋण देखाएको लोक दलले ६ लाख ६० हजार ९ सय आम्दानी गरेकोमा ८० हजार ऋण देखाएको छ ।

नेपाल आमा पार्टीले ८ लाख २१ हजार आम्दानी गरेको देखाएको छ, तर खर्च पनि त्यति नै रकम देखाएको छ । देशभक्त समाजले ५ लाख ७२ हजार आम्दानी गरेकोमा ५ लाख ६१ हजार खर्च देखाएको छ ।

नेपाल समावेशी पार्टीले ६ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको भए पनि २४ हजार ऋण लागेको देखाएको छ । नेपाल परिवार दलले वर्षमा ५२ लाख ४३ हजार ९ सय ८० आम्दानी र ४८ लाख ७४ हजार रुपैयाँ खर्च देखाएको छ ।

५९ रुपैयाँ पनि ऋण
निर्वाचन आयोगमा आयव्यय विवरण बुझाएको नेपाल जनता पार्टीले ५९ रुपैयाँ २५ पैसा ऋण रहेको देखाएको छ । आम्दानी भने ४२ हजार रुपैयाँ मात्र भएको सो पार्टीको विवरण छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि ४ लाख ८५ हजार ६ सय ९५ रुपैयाँ आम्दानी भएको, तर ८ सय ५ रुपैयाँ ऋण लागेको देखाएको छ ।

युवा शक्ति नेपाल पार्टीले २ लाख ४४ हजार १ सय रुपैयाँ आम्दानी भएको, तर खर्चमा ६ सय रुपैयाँ ऋण रहेको उल्लेख गरेको छ । तामाङसालिङ राष्ट्रिय जनएकता पार्टीलाई पनि ५ सय रुपैयाँ ऋण लागेको छ । सो पार्टीले १ लाख ६७ हजार ३ सय रुपैयाँ आम्दानी गरेको विवरण छ ।

संसद्मा रहेका तर समयमा विवरण नबुझाउने दल
संसद्मा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र दलित जनजाति पार्टीले निर्वाचन आयोगले तोकेको मितिमा खर्च विवरण बुझाएनन् । समाजवादी फोरमले भने माघको पहिलो साता जरिवानसहित आयव्यय विवरण बुझाएको छ ।

दलको विवरण अध्ययन गर्दै आयोग
निर्वाचन आयोगले पुस मसान्तभित्र दलहरूबाट प्राप्त आय–व्यय विवरण अध्ययन गरिरहेको छ । आयोग कुन दलले कति रकम वार्षिक रूपमा कारोबार गरेका छन् भन्ने अध्ययनमा छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयव्यय विवरण अध्ययनकै क्रममा रहेकाले विस्तृत जानकारी दिन नसकिने बताए । याेगेस भट्टराई/नयाँ पत्रिका

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com