पतिको पहुँच, पत्नीलाई पुर्जा


प्रकाशित मिति : असार २३, २०७६ सोमबार

तत्कालीन मालपोतका उच्च अधिकारीहरु र राणा परिवारबीच मध्यस्थताको भूमिका निर्वाह गरेपछि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले बालुवाटारको ललिता निवासबाट करिब ४ रोपनी जग्गा लिएको खुलेको छ ।

भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका अनुसार उनकी पत्नी उर्मिला शाह र भुवनकुमारी चापागाईंको नाममा जग्गा लिएको खुलेको हो । चापागाईं गृहमन्त्रालयका अवकाशप्राप्त अधिकारी गेहनाथ भण्डारीकी पत्नी हुन् । दुवै गृह मन्त्रालयका पुराना कर्मचारी समूहका हुन् ।

मन्त्रालय स्रोतका अनुसार ‘हालैको बकसपत्र’ मार्फत भक्तपुरको मालपोत कार्यालयका तत्कालीन प्रमुख शाहका साथ गृह मन्त्रालय छँदा भण्डारीले समेत पत्नीका नाममा जग्गा लिएको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com