विषादी परीक्षण नगर्न सरकारलाई बाध्य पार्ने भारतीय दूतावासको पत्र !


प्रकाशित मिति : असार २३, २०७६ सोमबार

लामो समयदेखि अत्याधिक विषादी मिसाइएको तरकारी नेपाल आइरहेको भए पनि सरकारले बल्ल विषादी परीक्षण गर्ने निर्णय गरेको थियो ।वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असार २ गते राजपत्रमा सूचना जारी गरी विभिन्न वस्तुहरुको आयात र निर्यातमा पूर्ण तथा आंशिक बञ्देज लगाइने उल्लेख गरेको थियो । वाणिज्य मन्त्रालयको उक्त आदेशमा भनिएको थियो, ‘ताजा तरकारी र फलफूल पैठारी गर्दा सम्बिन्धत भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र गर्नुपर्नेछ ।’

मन्त्रालयले भारतबाट नेपालमा भित्रिने ताजा फलफूल र तरकारीमा रोक लगाएपछि भारतीय बजारमा हल्लीखल्ली मच्चियो । भारतले काठमाडौंमा रहेको दूतावासमार्फत विषादी परीक्षण रोक्न दबाब दिँदै आयो । सुरुमा उक्त दबाबलाई सरकारले बेवास्ता गर्दै आएको थियो । तर दबाब घट्नुको साटो बढ्दै गयाे । नेपालमा फलफूल र तरकारी बेच्न नपाएको भन्दै भारतीय व्यापारीहरुले दूतावाससम्म गुनासो पुर्‍याएपछि दबाब कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै प्रधानमन्त्रीसम्मै पुग्यो ।

गत जेठ १० गते बसेको क्याबिनेट बैठकले नै विभिन्न वस्तुहरुको आयात र निर्यातमा पूर्ण तथा आंशिक बञ्देज लगाउने निर्णय गरेकाे थियाे । असार २ गते राजपत्रमा प्रकाशित भएपछि सूची कार्यान्वयनमा गरेकाे थियाे । साेहि अनुसार भैरहवा (सुनौली), वीरगन्ज, काँकडभिट्टालगायत नाकाबाट भित्रिने तरकारी तथा फलफूलको क्वारेन्टाइन र विषादी मात्रा परीक्षण गर्न थालिएको थियाे ।

विषादी परीक्षणमार्फत भारतीय तरकारीलाई निरुत्साहित गरेर स्वदेशी किसानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य थियो । तर भरतकाे चर्काे दबाबपछि शुक्रबार पूर्वाधार नपुगेको भन्दै सरकारले विषादी परीक्षणको काम स्थगित गरिदियो . भारतीय दूतावासले मन्त्रालयलाई पत्र नै लेखेपछि मन्त्रिपरिषदले भारतीय तरकारी र फलफूलको विषादी परीक्षण तत्काल स्थगन गर्ने निर्णय गरेकाे पाइएकाे छ । पत्रबाहेक दूतावासका अधिकारीहरुले पनि सरकारका मन्त्री र मन्त्रालयका उच्च कर्मचारीलाई भेटेर जाँच गर्ने व्यवस्था हटाउन माग गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौँस्थित भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयलाई अभिवादन गर्दै परीक्षणले व्यापार रोकिएको भन्दै पत्र लेखेकाे पाइएकाे छ । उक्त पत्रमा भनिएकाे छ परीक्षणको आवश्यकता गैरकर अवरोधजस्तै हो र यसले व्यापार रोकिएको छ ।

बिषादी परीक्षणले व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने र गैरकर भएकाे भन्दै बिषादी परीक्षण तत्काल कार्यान्वयन नगर्न राजदूतावाले मन्त्रालयलाई पत्रमा आग्रह गरेकाे छ।

पत्रमा भनिएको छ -अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन ।फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धि तथा विश्व व्यापार सङ्गठनबाट स्थापित मान्यता एवं भारत र नेपालबीच दशकौँदेखि कायम रहेका द्विपक्षीय व्यापार व्यवस्था अनुरूप नेपाल सरकारका सम्बन्धित निकायलाई यस गैरकर अवरोधको कार्यान्वयन खारेज गर्न र भारतका निकायले जारी गरेका फाइटोस्यानिटरी प्रमाणपत्रका आधारमा यस्ता सामग्रीको आयात खुला गर्न सुझाव दिनका लागि सम्मानित मन्त्रालयलाई आग्रह गरिन्छ ।’

भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी रहेको कृषि विज्ञले बताएका छन् । यसअघि काठमाण्डौकै कालिमाटीमा सरकारले विषादी हालेको तरकारी फिर्ता पठाउन मेसिन राखेर परीक्षण थालेको थियो । तर त्यतिबेला किसानले सडकमा गोलभेँडा छरेर आन्दोलन गरेपछि सरकार पछि हटेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com