एसपी कार्कीले हटाए प्रहरीमा जाहेरी/उजुरी दिँदा टिकट टाँस्नुपर्ने परम्परागत व्यवस्था


प्रकाशित मिति : असार २३, २०७६ सोमबार

जिल्ला प्रहरी कार्यालय कास्कीले आफू मातहतका सबै प्रहरी कार्यालयमा अब देखि कुनै पनि निवेदन बुझ्दा, उजुरी/जाहेरी लिँदा हुलाक टिकट आवश्यक नपर्ने गरी सूचना प्रदान गर्न परिपत्र गरेको छ ।

कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले प्रहरीकहाँ पीडित पक्ष नै आउने भएकाले उनीहरुलाई दुःख हुने गरी हुलाक टिकट अनिवार्य नगर्न आदेश दिएका हुन् ।

कानुनी सेवा दिने भनेर बसेकाहरुले निवेदन र जाहेरी लेखेको मनपरी रकम लिने गरेको गुनासो सेवाग्राहीले गरिरहेका छन् । त्यसैमाथि १० रुपैंयाको टिकट भएपनि टाँस्नै पर्ने बाध्यता बनाउँदा समय र पैसाको नाश हुने एसपी कार्कीले बताए ।

‘हामीकहाँ आउने कोहि कोहि यति तिर्न सक्ने क्षमताका पनि हुँदैनन् । त्यसमाथि टिकट खोज्न भौतारिनुपर्ने ?’ एसपी कार्कीले भने – ‘चाहिने ठाउँमा अनिवार्य रहन्छ । तर, यहाँ निवेदन, उजुरी जाहेरीमा यो आवश्यक छैन भनेरै आफू अन्तर्गतका सबै कार्यालयहरुमा परिपत्र गरेको छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले प्रहरी कार्यालयमा आउँदा टिकट नटाँसी आउन सबैलाई आग्रह गरेका छन् ।

कार्कीले कास्कीको कमाण्ड सम्हालेपछि प्रहरीको आचरण सुधारमा विशेष ध्यान दिएका छन् । समुदायले चाहेको प्रहरी बनाउने अभियानमा आफू रहेको उनको भनाई छ ।

प्रहरीले ड्युटी गर्दा आदर गर्नुपर्ने, चेकजाँच कडा बनाउनुपर्ने, गलत कामकारबाही नगर्ने, हुन नदिनेतर्फ एसपीले सजगता अपनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com