युएससीआईएसका कार्यकारी निर्देशक भन्छन् – ‘१० लाखलाई देशनिकाला गर्न तयार छौं’


प्रकाशित मिति : असार २३, २०७६ सोमबार

युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले आफूहरुले १० लाख कागजपत्रविहिनहरुलाई अमेरिकाबाट देशनिकाला गर्न तयार रहेको बताएका छन् । उनले अमेरिकाका अध्यागमन अधिकारीहरु देशनिकालाका आदेश पेन्डिङ रहेका १० लाख कागजपत्रविहिनहरुको पहिचान, गिरफ्तार र कालान्तरमा देशनिकालाको लागि तयार रहेको बताएका छन् ।

गत महिना कार्यभार सम्हालेका हार्डलाइनर मानिने कुसिनेलीले अपरेशनका क्रममा देशनिकालाको अन्तिम आदेश पाइसकेका कसलाई निशाना बनाउने भन्ने तजबिजी अधिकार आइसलाई रहेको बताएका छन् । खासगरी देशनिकालाको आदेश पाइसकेका र अमेरिका नछाडेकाहरु निशानामा पर्ने उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं कागजपत्रविहिनलाई अमेरिकाबाट देशनिकाला सुरु गर्ने बताएलगत्तै अमेरिकाका विभिन्न शहरमा आइसले छापामार्ने बताइएको छ । जुनको अन्तिमसातादेखि मार्ने भनिएको उक्त छापामा केही ढिलाई गरिएको बताइएको छ ।

अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको जनाइएको छ । देशनिकालाको आदेश पाइसकेका झण्डै १५ सय नेपालीहरुलाई टीपीएसले समेटेको भएतापनि देशनिकालाको आदेश पाएका तर टीपीएसले नसमेटेका नेपालीहरु जोखिममा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com