न्युयोर्कमा मुख्यमन्त्री राईको अन्तरकृया, एक नम्बर प्रदेशलाई आइटी हब बनाउने


प्रकाशित मिति : असार २२, २०७६ आईतबार

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुले विदेशमा आर्जन गरेको सिप र दक्षतालाई नेपालको विकाशमा लगाउन आग्रह गर्दै आफूहरुले त्यसका लागि उचित वातावरण बनाउने आश्वासन दिनुभएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै राईले आफूले विदेशमा रहेका नेपालीले आर्जन गरेको क्षमता नेपालमा उपयोग गर्ने उचित समय भएको बताउनुभयो ।

नेपाली महावाणिज्यदूतावास न्युयोर्कको आयोजनामा न्युयोर्कको ज्याक्सनहाइटमा रहेको बेलोजिनो हलमा गरिएको कार्यक्रममा न्युयोर्कमा रहेका नेपालीहरुले मुख्यमन्त्री राईलाई विभिन्न सुझाव समेत दिएका थिए । राईले आफ्नो प्रदेशमा भइरहेका विकाशका गतिविधि र आगामी योजनाबारे जानकारी दिदै आफ्नो प्रदेशलाई डिजिटाइज्ड गर्ने दिशामा अग्रशर रहेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विश्वमा विकाश भइरहेको पछिल्लो प्रविधिलाई निर्यात गर्नमा आफूहरु उत्सुक रहेको बताउँदै उहाँले प्रविधिमैत्री प्रदेशका रुपमा १ नम्बर प्रदेशलाई विकाश गर्न स्वीस सरकारको सहयोगमा काम गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री राईले प्रविधिमैत्री डेस्कको सुरुवात गरिसकिएको समेत बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीयतालाई जहाजसँग तुलना गर्दै राईले जहाज पूर्णरुपमा तयार नहुँदै आफूहरु निर्वाचित भएर आएको र जहाजका पाटपूर्जा मिलाएर छिट्टै तीब्रगतिको उडान भर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘कतिपय पुराना पाटपुर्जाहरुलाई मर्मत गरेर, धोईपखाली गरेर मिलाउनुछ । कतिपय नयाँ पाटपुर्जाहरु तयार गर्नुछ । त्यसपछि हाम्रो तीब्रगतिको उडान सुरुहुन्छ ।’

मुख्यमन्त्री राईले संघीयतालाई सेतोहात्ति भन्नेहरु र संघीयता असफल भएको दावी गर्नेहरुको हल्लाका पछाडि नलाग्न सचेत समेत गराउनुभयो । संघीयतालाई असफल बनाउन संघीयताविरोधी प्रचार भइरहेपनि कुनै पनि हालतमा संघीयता विफल नहुने र मुलुकलाई समृद्धिको दिशामा लैजान आफुहरु संघीयताको मोडलमा गएको मुख्यमन्त्री राईले बताउनुभयो ।

मुख्यमन्त्री राईले एक नम्बर प्रदेशमा विकाशको पहिलो प्राथमिकतामा कृषिलाई अगाडि सारिएको बताउनुभयो । कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन विभिन्न योजनाका साथ अगाडि बढेको समेत उहाँले बताउनुभयो ।

एकनम्बर प्रदेशको नामको बारेमा पाँचदलको सर्वसम्मतिबाट टुंगो लगाउने राईले जानकारी दिनुभयो । बिराट प्रदेश, सगरमाथा प्रदेश, सगरमाथा किराँत प्रदेश, किराँत प्रदेश, बिराट सगरमाथा प्रदेश जस्ता नामहरु प्रस्तावमा आएको र सबैको भावना समेटेर प्रदेशको नामाकरण गरिने उहाँले आस्वासन दिनुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई र नेपाली महावाणिज्यदूतावास न्युयोर्कका पुष्पराज भट्टराईले ब्रेन गेन सेन्टरको विषयमा बोल्दै परराष्ट्रमन्त्रालयले आर्थिक कुटनीतिको विषयमा काम गर्ने बताउनुभयो । विदेशमा रहेका नेपालीहरुको ज्ञान, दक्षता र क्षमतालाई एकीकृत गर्ने उद्देश्यले ब्रेन गेन सेन्टरको स्थापना गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com