लौका र गोलभेडाको माला लगाएर सडकमा !


प्रकाशित मिति : असार २२, २०७६ आईतबार

नेपाल विद्यार्थी संघ नेविसंघका विद्यार्थीहरुले तरकारीमा विषादी परीक्षण नरोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । भारतबाट आयात हुने तरकारीको विषादी भित्र्याएको भन्दै परीक्षणलाई नरोक्‍न दवाब दिने उद्देश्यले नेविसंघले आज प्रदर्शन गरेको हो।

सरकारले गत असार २ गते निकासी पैठारीसम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरी तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख गर्दै चेकजाँचलाई अघि बढाएको थियो ।जसको भारतीय दूतावासले पत्र लेखेरै विरोध गर्‍यो ।

लगतै सरकारले तयारी नपुगेको र चेकजाँच गर्ने आवश्यक पूर्वाधार नभएको भन्दै ६ महिनालाई विषादी जाँच गर्ने निर्णय स्थगित गर्‍यो । जसको अहिले सर्वत्र विरोध भइरहेको छ ।सत्तारुढ नेकपाकै सांसदहरुले भारतीय दबावसामू सरकार झुकेको भन्ने आरोप लगाइरहेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले पूर्वाधार नभएकाले तत्काललाई निर्णय फिर्ता लिएको जवाफ दिएका छन् ।जसको अहिले सर्वत्र विरोध भइरहेको छ ।

नेविसंघले आइतबार प्रदर्शनीमार्गमा तरकारी पहिरिएरै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले जनतालाई विष खुवाउने कार्य बन्द गर्, विषादीयुक्त तरकारी र फलफूल आयातमा रोक लगा ,नाकामा तरकारी र फलफूलमा विषादी परीक्षण किन रोकियो सरकार ? जस्ता शब्द लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com