किन गरिन पम्फा भुषालले, श्रीमती संघहरू खारेजीको माग


प्रकाशित मिति : असार २२, २०७६ आईतबार

नेकपाकी नेतृ पंफा भुषालले देशमा विद्यमान संविधान प्रतिकुलका निकायहरु खारेज गर्न माग गरेकी छन् । संघीय संसदको प्रतिनिधिसभामा विषेश समयमा बोल्दै ललितपुरबाट निर्वाचित सांसद भुषालले राजतन्त्रका बेला सामन्त्री पितृसत्तावादी सोचका आधारमा स्थापना भएका निकायहरु खारेज गर्न सरकारसँग माग गरेकी हुन् ।

‘गणतन्त्र स्थापना भएको १० वर्ष भएको छ । संविधान आयो, संविधान अनुकुल हुनेगरि कानून बन्यो, तर देशमा अझैपनि पितृ सत्तावादी सोच राज्यका महत्वपूर्ण निकायमा कायम छ,’ संसदमा बोल्दै नेतृ भुषालले भनिन्, ‘अहिलेपनि यो देशमा राजतन्त्रात्मक परिपाटी यथावत छ ।

हिजोको शाही नेपाली सेना अहिलेको नेपाली सेनामा आज सैनिक श्रीमतीसँघ छ, नेपाल प्रहरी र ससस्त्र निजामती कर्मचारीमा पनि श्रीमती संघहरु विद्यमान छन् ।

यो त्यही हिजोको परिवार र वंशवादमा आधारित पितृ सत्तावादी सोचका आधारमा खडा भएका निकाय हुन् । तर त्यस्ता श्रीमतीसंघहरु यथावत छन् । राज्यका बजेटबाट ती निकायहरु चलेका छन् । आफ्ना श्रीमानका हैसियतबाट खुलेका त्यस्ता राजतन्त्रकालिन पितृसत्तावादी श्रीमतीसँघहरु अब खारेज हुनुपर्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com