क्यालिफोर्नियाका गभर्नरद्वारा संघीय सरकारसँग सहयोग माग


प्रकाशित मिति : असार २२, २०७६ आईतबार

एजेन्सी / दुई दिनमा दुई ठूला भूकम्पले धक्का दिएपछि क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले अमेरिकाको संघीय सरकारसँग सहयोग माग गरेका छन् ।

गभर्नर न्युजोमले महत्त्वपूर्ण पूर्वाधारहरूमा उल्लेख्य क्षति पुगेको भन्दै वासिङ्टनको सहयोग मानिसहरूको जीवन र सम्पत्ति रक्षा गर्नुका साथै सार्वजनिक स्वास्थ्यलाई चलायमान गराइराख्न आवश्यक रहेको बताएका छन् ।

भुकम्पले लस एन्जलस शहरभन्दा झण्डै दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको क्षेत्रमा सवैभन्दा ठूलो क्षति पुर्याएको छ । भूकम्पको केन्द्रविन्दु नजिक रहेको रिजक्रिस्टको अस्पताल बन्द गरी र स्वास्थ्यकर्मीहरूले विरामीहरूको उपचार कार पार्किङ् गर्ने ठाउँमा गरेका थिए ।

साथै क्यालिफोर्निया राज्यका थुप्रै बासिन्दाहरूले पुनः ठूलो भूकम्प आउनसक्ने भयले त्रसित छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com