बालिका बलात्कार : प्रहरीकै संलग्नतामा मिलापत्र


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

बाँकेको कोहलपुरमा २ बालिकामाथि बलात्कार घटना प्रहरीकै संलग्नतामा मिलापत्र गरिएको पाइएको छ। कोहलपुर नगरपालिका–१५ का १३ र १५ वर्षीया बालिका गत बुधबार बलात्कारमा परेका थिए। उनीहरूलाई आरोपितले ४ लाख रुपैयाँ दिने गरी घटना गुपचुप राख्न दबाब दिएको बताइएको छ।

घटना मिलाउन ५० हजार रुपैयाँ तत्काल परिवारको जिम्मा लगाइएको र बाँकी रकम साउन १५ सम्म दिने कागज गरिएको छ । अहिले बालिका र परिवारले बलात्कार नभएको दाबी गरेका छन्। बालिकाले पहिला हातपातको प्रयास भएको बताएका थिए।

पीडितमध्येकी एक बालिकाले भने अधिकारकर्मीसँग आफू बलात्कारमा परेको सुनाएकी थिइन्। उनका अनुसार दुवै जनालाई मूल सडकबाट अलगअलग ठाउँ लगिएको थियो।अधिकारकर्मी महिलासँग बालिकाले आफू बलात्कारमा परे पनि साथीलाई बलात्कार भएरनभएको थाहा नपाएको बताएकी थिइन्। ‘बलात्कारपीडितले आफूलाई दिसापिसाब गर्न पनि गाह्रो भएको सुनाइन्,’ अधिकारकर्मी ती महिलाले भनिन्।

गत बुधबार मोबाइल बिग्रेर बनाउन हल्दारपुर आएका ती बालिकालाई कोहलपुर–१५ का सुवास परियार र हरि परियारले नास्ता खान भनी होटलसम्म लगेका थिए। नास्ता खाने क्रममा एक बालिका बेहोस भएपछि उपचारका लागि कौस्लिया अस्पताल पुर्‍याए तर त्यहाँ उपचार नभएपछि दशबिघा लैजाने भन्दै बर्दियाको पचासामा लगी अलपत्र छाडेर भागेको बालिकाहरूले बताए। याे समाचार आजको कान्तिपुर दैनिकमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com