११७ वर्ष जेल सजाय पाएका अपराधी, सिरियल  किलर ‘बादशाह’ बल्ल परे पक्राउ


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

आठ व्यक्तिको हत्या, अपहरण र डकैतीमा अदालतबाट १ सय १७ वर्षको जेल सजायकाे फैसला भएर फरार रहँदै आएका कपिलवस्तु मायादेवी गाउँपालिकाका नसिम खाँ मुसलमान उर्फ ‘बादशाह’ शनिबार पक्राउ परेका छन्।

नेकपाका संगठित सदस्य जाबेद बादशाह उपनामका मुसलमान राजनीतिकै आडमा जोगिँदै आएका थिए। कपिलवस्तुमा व्यक्ति हत्यासहित लुटपाट र अपहरणका घटनाका अपराधीका रूपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो। उनी राजधानीको बानेश्वरबाट पक्राउ परेका हुन्। उनलाई शनिबार नै कपिलवस्तु प्रहरीको जिम्मा लगाइएको छ।

मुसलमान नेपालमा अपराध गरी भारतको अलिगढवा बस्दै आएका थिए। उनलाई पक्राउ गर्न भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायले पहल गरेका थिए। तर, त्यतिबेला उनी राजनीतिक आवरणमा जोगिएका थिए।

उनीमाथि सातवटा कर्तव्य ज्यान, एउटा डाँका र एउटा अपहरणपछि हत्या मुद्दा दर्ता रहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशमशेर जबराले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com