तीनबर्षदेखि हराएका पति टिकटकमा भेटिए


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

एकजना भारतीय महिलाले झण्डै तीनबर्षदेखि हराएका आफ्ना पतिलाई टिकटकमा भेटाएकी छिन् । सन् २०१६ देखि हराइरहेका उनका पति एकजना तेश्रोलिंगी महिलासंग सम्बन्धमा थिए ।

महिलाका आफन्तहरुले उनका पतिलाई सुरुमा एकजना तेश्रो लिंगी महिलासँग टिकटकमा फेला पारेका थिए । प्रहरीको सहयोगमा पतिलाई खोजेर पत्नीसँग पुनर्मिलन गराइएको छ ।

तमिल नाडुका सुरेशलाई खोज्नका लागि प्रहरीले त्यसक्षेत्रको तेश्रो लिंगीहरुको संस्थामा सम्पर्क गरेका थिए । उक्त संस्थाको सहयोगमा सुरेशसँग टिकटक बनाउने तेश्रो लिंगी महिलाको पहिचान भएको थियो ।

भारतमा टिकटकका प्रयोगकर्ताहरु १२० मिलियन भन्दा धेरै रहेका छन् । गत अप्रिलमा तमिल नाडुको अदालतले टिकटकमा प्रतिबन्ध लगाउने आदेश दिएको थियो । तर उक्त प्रतिबन्ध एकसातापछि हटाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com