न्युयोर्कमा आइतबार मुख्यमन्त्री शेरधन राईसँग अन्तरकृया, कार्यक्रम ज्याक्सनहाइटमा रहेको बेलोजिनो हलमा


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

अमेरिका भ्रमणमा रहनुभएका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आइतबार न्युयोर्क र आसपासका क्षेत्रमा रहेका नेपालीहरुसँग अन्तरकृया गर्नुहुने भएको छ । अमेरिकाको बाल्टिमोरमा नेपाली राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी मुख्यमन्त्री राई त्यसपछि न्युयोर्क आउने कार्यक्रम छ ।

प्रदेश सरकारको सिफारिस र सङ्घीय सरकारको स्वीकृति बमोजिम मुख्यमन्त्री राई अमेरिका आउनुभएको हो । नेपाली महावाणिज्यदूतावास न्युयोर्कको आयोजनामा हुने आइतबारको कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध समेत गरिएको छ ।

खासगरी प्रदेश नम्बर १ बाट अमेरिकाको न्युयोर्क र आसपासका क्षेत्रमा आइ बसोबास गर्नेहरुलाई केन्द्रीत गरेर न्युयोर्कमा अन्तरकृया कार्यक्रम गर्न लागिएको प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव राधाकृष्ण देउजाले जानकारी दिनुभयो ।

आफ्नो प्रदेशबाट विदेशका बिभिन्न ठाउँमा रहनु भएका नागरिकहरुलाइ के कसरी अपनत्व महशुस गराउन सकिन्छ, के कस्ता अधिकार र अवसरहरु दिन सकिन्छ, प्रवासमा बसेका एक नम्बर प्रदेशका नागरिकहरुबाट प्रदेश नम्बर एकले के कस्ता सहयोग पाउन सक्छ, भन्ने विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रम न्युयोर्कको ज्याक्सनहाइटमा रहेको बेलोजिनो हलमा दिउसो २ ३० बजेदेखि ५ बजेसम्म हुने नेपाली महावाणिज्यदूतावास न्युयोर्कले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com