भारतकाे दबबापछि ताजा तरकारीको विषादी परीक्षण नगरिने


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

अन्तत: भारतबाट नेपालभित्रिने तरकारी एवं फलफुल विषादी जाँच नहुने भएको छ । सरकार आफैले गरेको निर्णय भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि स्थगित गरिदिएको हो ।

भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण नगर्ने तयारी सरकारले गरेको हो । यद्यपि परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरेको सरकारको दाबी छ ।

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो ।

तर आवश्यक मेसिनहरुको कमीका कारण नियमितता हुन सकेको थएन । जसका कारण नाकामा तरकारी एवं फलफुलका ट्रकहरु रोकिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएका कारण विषादी परिक्षण रोकेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राविधिक तयारी नपुगेको जानकारी मन्त्रिपरिषद्लाई गराएपछि मन्त्रिपरिषद्को बैठकले यही सुझावको आधारमा निर्णय फिर्ता लिएको जनाइएको छ ।

अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास गराउने निर्णय भएको छ। तर मन्त्रिपरिषद्ले प्रयोगशाला बनाउने निर्णय गरेको छ । यसबाट केही समयपछि भने तरकारी एवं सागसब्जी परिक्षण गरेर भित्रिने अनुमान गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com