नेपाली संघीय समाज अमेरिका बन्यो नेपाली समाज अमेरिका, अशोक राईबाट उद्घाटन


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

अमेरिकाको भ्रमणमा रहेका समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा नेपाली समाज अमेरिकाको उद्घाटन गरिएको छ ।

अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको उक्त कार्यक्रममा समाजवादी पार्टीकी केन्द्रीय सदस्य सुशीला श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

सोहि अवसरमा नेपाली समाज अमेरिकाको युवा संघ र महिला समितिको पनि गठन गरिएको थियो ।

उक्त युवासंघको अध्यक्षमा विजय सिंह, उपाध्यक्षमा हरिप्रसाद लिम्बु, महासचिवमा गजेन्द्र सुब्बा, उपमहासचिवमा सुसना लामा, सचिवमा मिलन लिम्बु, कोषाध्यक्षमा पोषणराज सिंह र सदस्यहरुमा जीवन खजुम, विमल राई, शौरब राई, सुदीप राई, काजी शेर्पा, नामफुङ वनेम, पासांङ शेर्पा, शोनाम छिरिङ शेर्पा गोले, पासांङ थिङले, सांगे लामालाई चयन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी पूर्वडिआईजी पार्वती थापाको संयोजकत्वमा नेपाली समाज अमेरिकाको महिला समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा मनु लोहोरूङ, महासचिव निला जवेगु, सचिव निर्मला कदंवा कोषाध्यक्ष फोरहाङ पतंवा र सदस्यहरुमा कोकिला देवान, कमला लिम्बु, रूपा याख्खा पुण्यवती रम्तेल, खुसी राई, यशोदा राई रहेका छन् ।

सोहि अवसरमा आफ्नो मन्तव्य राख्दै नेता अशोक राईले एमाले पार्टी छाड्नुको प्रमुख कारण आफ्नो स्वार्थका लागि नभएर समग्र नेपालीको हितका लागि छोडेको बताए । नेता राईले विभिन्न वर्ग, जाति, लिङ्ग र विभिन्न धर्म संस्कार संस्कृतिले भरिएको नेपालमा सबै जातजातिललाई समान अधिकार दिनुपर्ने र पाउनुपर्ने बताउँदै विभिन्न भेषभुषा र संस्कृति नेपालको सम्पत्ति भएकोले सबै जातजातिलाई समान अधिकार दिएर यसको संरक्षण गर्नुपर्ने बताए ।

नेता राईले नेपालको संविधान संशोधन गर्नुको विकल्प नभएको बताउँदै संविधान संशोधन नै सबै नेपालीको हित रहेको राईले बताए ।

समिर मर्हजनको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा मर्हजनले समाजले सबै नेपालीको हितमा कामगर्ने बताउँदै अन्य नेपाली संघ–संस्थासँग पनि सहकार्य गरेर अगाडि बढ्ने बताए ।

सोहि अवसरमा संघीय समाजवादी फोरम पार्टीकी पूर्व महिला इन्चार्ज, समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा कार्यक्रमकी विशिष्ठ अतिथि सुशीला श्रेष्ठले नेपालमा अझै पनि महिला दिदी बहिनी तथा आमाहरुले धेरै अन्याय सहनु परेको बताइन् । उनले नेपाली महिलामाथि हुने अनेक प्रकारका हिंसाकै कारण महिलाहरु राजनीतिमा अगाडि आउन नसकेको र अगाडि बढ्न नदिएको भनाई समेत राखेकी थिइन् ।

नेतृ श्रेष्ठले नेपाली अमेरिका समाजको युवा संघको महिला समितिमा निर्वाचित कार्यसमितिका महिला पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएकी थिइन् ।

त्यसैगरी नेपाली समाज अमेरिकाको युवा संघका अध्यक्ष नवनिर्वाचित अध्यक्ष विजय सिंहले आगामी दिनहरुमा अमेरिकामा रहेका नेपाली युवाहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताएका थिए । उनले युवाहरुको लागि रोजगारी, प्रशिक्षणलगायतमा विशेष प्राथमिकता दिने बताए ।

त्यस्तै नेपाली समाज अमेरिकाकी सल्लाहकार तथा महिला संगठनकी अध्यक्ष पूर्वडिआईजी पार्वती थापा मगरले नेपालमा महिलामाथि गरिने अन्यायको एउटा उदाहरण आफू पनि भएको बताउँदै नियम संगत रुपमा आफू आइजिपीमा बढुवा हुनुपर्नेमा आफूभन्दा जुनियरलाई प्रमोसन गरेर आफूमाथि अन्याय गरिएको बताइन् । उनले अदालतले पनि सहि निर्णय गर्न हिचकिचाएको पनि बताउँदै न्याय र समानताका लागि सबै महिला एक भएर देश र समाजको हितमा काम गर्नुपर्ने बताइन् ।

संस्थाका महासचिव लोक चेम्जोङको सञ्चालन रहेको उक्त कार्यक्रममा चेम्जोङले सबैको सहयोगमा समाज गठन गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद दिएका थिए । चेम्जोङले आफू पनि युवा भएकोले युवाहरुसँग उदाहरणीय र नमुनाका रुपमा सहकार्य गर्दै जाने बताए ।

स्मरण रहोस् अमेरिकामा नयाँ शक्ति पार्टीको भातृ संगठन नभएकोले नेपाली संघीय समाज अमेरिकाको नाम परिवर्तन गरेर नेपाली समाज अमेरिका बनाईएको हो । त्यहि समाजको भातृ संगठनका रुपमा युवा संघ र महिला समिति गठन गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com