ओलीको भ्यागुताको कथाको जवाफ बाबुरामले दिए निदुलीको कथाबाट


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यागुताको कथा सुनाउँदै डाक्टर बाबुराम भट्टराईलाई व्यंग्य गरेपछि भट्टराईले पनि त्यसको जवाफ कथामार्फत नै दिएका छन् ।

ओलीले बाबुरामलाई व्यंग्य गर्न यस्तो कथा हालेका थिए ।

‘एउटा भ्यागुताको बच्ची घुम्न गइछ । बाच्छो देखिछ । आएर आमालाई भनिछ यति ठूलो जनावर देखें । हुन त बाच्छै थियो तर देखिराखेको आमाभन्दा अझ ठूलो । आमाले भुंडी फुलाउँदै सोधिछ यत्रो थियो ? बच्चीले जवाफ दिइछ अझ ठूलो । भुंडी फुलाएर सोध्दा सोध्दा भ्यागुताको भुंडी फुटेछ ।’

बाबुरामले त्यसको जवाफ यस्तो कथामार्फत दिएका छन् ।

निदुली बाहुन साँझमा ससुराली पुगेछन्।

सासू भित्र सेलरोटी पकाउँदै रहिछन्।ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन् ! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् !

ज्वाइँले भनेछन्- ‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चाररु’ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।गाउँमा धोबीको गधा हराएको रहेछ।धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन्१अब पर्यो फ़साद१भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबैसुतेपछि ज्वाइँले टाप कसेछन्।

भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् ! के खोज्छस् दृष्टिविहीन,आँखा ! ज्वाइँ ससुराली घर फर्केर सुतेछन् ! भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन् ! अब के चाहियो ? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ। राजाले दरबारमा बोलाएछन् र हराएका हीरा जवाहरत पत्ता लगाउन भनेछन्।बस्न कोठा दिएछन् ! अब पर्यो महाफसाद ! भागौं,पहरा छ!

कोठामै बर्बराएछन्- ‘रोटी गनीगनी जैसी कहाएँसधोबीको गधा उखुवारी पाएँसअब आयो निदूली तेरै काल !’ पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ! उसको नाउँ पनि निदूली रहेछ ! उसले रूँदै आएर भनिछ- ‘बाजे मेरो ज्यान बचाइदिनोस्,हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु।’

निदूली राजज्योतिषी बनेर धनधान्य भएछन !

अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो!

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com