टेक्सासमा कारभित्र मृत भेटिए हराएका नेपाली मुलका २ बर्षे बालक


प्रकाशित मिति : असार १९, २०७६ बिहीबार

टेक्ससको डेन्टनस्थित एक नेपाली समुदायमा दुई वर्षीय बालकको मृत्यु भएको छ । सर्वेस गुरुंग नाम गरेका बालकको कारमा मृत्यु भएको हो ।

डेन्टन प्रहरीका अनुसार, वुधवार बिहान घरबाट हराएका बालक सर्वेसलाई खोज्ने क्रममा १५ घन्टापछि छिमेकीको कारमा शव फेला परेको थियो ।

सर्वेसकी आमाले उनलाई सुताएर घरेलु काम गर्न लागेको र केही समयपछि गएर हेर्दा सुताएको स्थानमा बच्चालाई नभेटेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

यो घटनाका बारेमा प्रहरीले अनुसन्धान कार्य तीव्र बनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com