एसाइलम आवेदकलाई धरौटीमा रिहा नगर्ने नियम कार्यान्वयन नगर्न अदालतलको आदेश


प्रकाशित मिति : असार १८, २०७६ बुधबार

अमेरिकाको अध्यागमन हिराशतमा हुनेलाई धरौटीमा रिहा नगर्ने नियम कार्यान्वयन नगर्न संघीय अदालतले आदेश दिएको छ । गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेका एसाइलम आवेदकलाई धरौटीमा रिहा नगर्ने महान्यायाधिवक्ता विलियम बारको नीति कार्यान्वयनमा अदालतले रोक लगाएको हो ।

सरकारले जुलाई १५ देखि लागु हुनेगरी बण्ड नदिने नीति ल्याएको थियो । तर संघीय अदालतले जुलाई १६ देखि लागु हुनेगरी नीति कार्यान्वयनमा रोक लगाएको छ । शियाटलको अदालतका न्यायाधिस मार्शा पेचम्यानको आदेशपछि अब ट्रम्प प्रशासनको यो नीति कार्यान्वयन नहुने भएको छ ।

गत अप्रिलमा महान्यायाधिवक्ता विलियम बारले ल्याएको नीतिले गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका एसाइलम आवेदकहरु बण्ड सुनुवाईका लागि योग्य नहुने व्यवस्था गरेको थियो । सरकारलाई अध्यागमन हिराशतमा थप स्थानको व्यवस्थागर्नका लागि समय दिदै जुलाई १५ देखि नीति कार्यान्वयनको मिति तय गरिएको थियो ।

न्यायाधिसले यो बर्षको सुरुतिर एउटा आदेश जारी गर्दै सुनुवाई स्वीकृत भएको ७ दिनभित्र एसाइलम आवेदकलाई थुनामुक्त गर्नुपर्ने व्यवस्था गरेका थिए । तर न्यायाधिसको यो आदेशलाई नै चुनौती दिने गरी ट्रम्प प्रशासनले धरौटी सुनुवाईको व्यवस्था नै हटाएको थियो । न्यायाधिसले महान्यायाधिवक्ताको यो नियम असंवैधानिक भएको भन्दै कार्यान्वयनमा रोक लगाएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com