पत्रकार महासंघको महिला भेलामा न महिला पत्रकारलाई मञ्च, न आसनग्रहण


प्रकाशित मिति : असार १८, २०७६ बुधबार

नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशको पत्रकार महिलाको प्रादेशिक भेलामा अचम्मको दृश्य देखियो । ब्यानरमा लेखिएको थियो पत्रकार महिलाको प्रादेशिक भेला । तर महिला पत्रकारलाई न त मञ्चमा राखिएको थियो न त आसनग्रहण नै गराइयो ।

कार्यक्रममा महिला समिति संयोजक स्मीता निरौला पनि पुगेकी थिइन् । तर उनको नाम समेत लिइएन कार्यक्रममा । कार्यक्रमको सभापति, उद्घोषक र स्वागत भाषण पनि पुरुष पत्रकारहरुले नै गरे ।

सम्मानपत्रहरु बाँडियो तर त्यसमा पनि महिला समिति संयोजकको नाम राखिएन ।

बैठकमा पनि प्रदेश महासचिव विवेक गौतम र प्रदेश उपाध्यक्ष तथा महिला संयोजक स्मीताबीच भनाभन नै भयो । कार्यक्रमका लागि आफूहरुले फण्ड ल्याएको भन्दै विवेकले स्मीतालाई बैठकमै हप्काए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com