रेशम खेतीका अगुवा महेश, सबै खर्च कटाएर वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म बचत


प्रकाशित मिति : असार १८, २०७६ बुधबार

wflbªsf dx]z bfªdf /];d v]tLsf cu’jf bfª, !* c;f/ -/f;;_ M ljutsf s]xL jif{b]lv x8}of ufpFdf JolQmut tyf ;fd”lxs ?kdf /]zd v]tL ug{] cleofg g} z’? ePsf] 5 . o; cleofgsf cu’jf wflbªsf ls;fg dx]zbQ clwsf/L x’g . u9jf ufpFkflnsf– $ x8}of ufpFsf] xf] of] /];d v]tL . x8}of ufpFsf] s/Lj ^) ljufx hdLgdf km}lnPsf] 5 of] v]tL . h;n] xl/ofnL t 5/]s} 5, Tof] ufpFsf] zf]ef klg a9fPsf] b]lvG5 . t:jL/ M gf/fo0fL /hf}/] .

नारायणी रजौरे / असारको प्रचण्ड गर्मी । दाङको गढवा यसै पनि गर्मी हुने ठाउँ । वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको । गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । गाउँको करीव ६० विघा जमीनमा फैलिएको छ यो खेती । यसले हरियाली त छरेकै छ, गाउँको शोभा पनि बढाइदिएको छ ।

केही वर्ष अघिदेखि हडैया गाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा रेशम खेती गर्ने अभियान नै थालिएको छ । यस अभियानका अगुवा मानिनुहुन्छ धादिङका किसान महेशदत्त अधिकारी । उहाँ धादिङको गल्छी गाउँपालिका वडा नं ४ भल्टारका बासिन्दा हुनुहुन्छ । उहाँले नै यहाँ रेशम खेती शुरु गर्नुभएको हो । उहाँकै प्रयासमा हडैया गाउँ अहिले रेशम खेतीबाट हरियाली भएपछि अरु किसानलाई पनि प्रेरणा मिलेको हो ।
शुरुमा खाली रहेको १० विघा जमीन भाडामा लिएर रेशम खेती थाल्नुभएका अधिकारी अहिले पनि यसैमा रमाइरहनुभएको छ । राम्रो आम्दानी गर्न सकिने देखेर ३३ वर्षीय अधिकारीले ३ वर्ष अघि रेशम खेती थाल्नुभएको हो । बुबाले धादिङमा ३६ वर्षदेखि यही खेती गरिरहनु भएको र बुबाकै प्रेरणाबाट यस खेतीमा लागेको उहाँ बताउनुहुन्छ ।

आगामी दिन रेशम खेतीलाई अझै विस्तार गर्ने योजना उहाँको छ । अधिकारी भन्नुहुन्छ – “दाङमा यसको सम्भावना राम्रो देख्छु । जमीन पनि पर्याप्त भएकाले यहाँ आएर खेती गरेको हुँ ।” यहाँ आएर रेशम खेती गर्नुप-यो भन्दा गाउँलेहरुले शुरुमा विश्वास नै नगरेको उहाँ स्मरण गर्नुहुन्छ । “जब मैले बाँझो खेतबारीमा रेशमका बिरुवा रोपेर ढकमक्क पारें, सबैमा विश्वास पलायो,” उहाँले भन्नुभयो ।

डेढ वर्षमा बाँझो बारी हरियो भयो । त्यसपछि रेशम कीराका लार्भा ल्याएर उहाँले पाल्न शुरु गर्नुभयो । अधिकारी भन्नुहुन्छ – “सबै गाउँले छक्क परे । किम्बुका पात टिप्दै रेशम कीराका लार्भाहरुलाई खुवाउँदै, हुर्काउँदै कोकुन उत्पादन गर्न थालें । यो प्रक्रियाले उनीहरुमा चाख पनि बढायो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोकुन उत्पादन भएर त्यसबाट गाउँमै धागो उत्पादन हुन थालेपछि किसानहरु यस खेतीप्रति आकर्षित भएको अधिकारीले बताउनुभयो । अधिकारीले अहिले कोकुनबाट धागो निकाल्ने काममा गाउँका १५ जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँले गरेको खेती देखेर हडैया गाउँ र त्यस आसपास अन्य गाउँका किसानहरु पनि यस खेतीतर्फ आकर्षित भएका छन् ।

अहिले यहाँ विभिन्न छ वटा समूह र केही किसानले व्यक्तिगत रुपमा ५० विघा जमीनमा रेशम खेती गरिरहेका छन् । दाङमा तयार भएको कोकुनबाट धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बनाउने काम भने उहाँले धादिङबाट गर्दैआएको आउनुभएको छ । उहाँका उद्योगहरु धादिङ र काठमाडाँैमा रहेका छन् ।

अब केही समयपछि दाङबाटै प्रशोधन गर्ने र कपडा बनाउन थाल्ने उहाँको योजना छ ।
सबै खर्च कटाएर वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म बचत गर्ने बताउनुहुने अधिकारी आफ्नो कमाइप्रति सन्तुष्ट हुनुहुन्छ । एक वर्षमा चारदेखि पाँच पटकसम्म कोकुन उत्पादन गर्ने सकिने हुँदा आम्दानी पनि राम्रैसँग लिन सकिने उहाँको अनुभव छ ।

आफूले गरेको खेती देखेर अहिले गाउँका धेरै किसान उत्साहित भएर यसको खेतीमा लागेका र त्यसबाट आफूलाई सन्तुष्टि मिलेको उहाँको भनाइ छ । यहाँका किसानहरुले उत्पादन गरेको कोकुन उहाँ आफैंले किन्ने र त्यही धागो प्रशोधन गरेर बेच्ने गर्नुहुन्छ । उहाँका अनुसार रेशम कीराले उत्पादन गर्ने कोकुन प्रतिकेजी रु ५०० पर्छ । रेशमलाई सेतो सुनका रुपमा पनि लिने गरिन्छ । यसको खेती पनि अन्य खेतीको तुलनामा महङ्गो छ ।
“मेहनतका साथ यसमा लागे छिट्टै राम्रो आम्दानी लिन सकिने भए पनि केही समस्या छन्,” उहाँ भन्नुहुन्छ – “यहाँ सिँचाइको अभाव छ । त्यस्तै, कीरा पाल्ने घर पर्याप्त छैनन् ।”

यहाँ उत्पादन हुने कोकुनलाई यहीँ प्रशोधन गर्ने योजनामा रहनुभएका उहाँ कपडा बुन्ने तान भइदिए यहीँ कपडा नै तयार गर्न सकिने बताउनुहुन्छ । रेशम खेती हेर्ने विज्ञ उपलब्ध नहुँदा पनि समस्या पर्ने गरेको छ । प्रविधिको अभावमा यहाँ उत्पादन गरेको कोकुनबाट धागो निकालेर धादिङमा लगी उहाँले कपडा बुन्ने गर्नुभएको छ ।

उत्पादित धागोमध्ये २० प्रतिशतबाट कपडा बनाएर बेच्ने गरेको र अरु सबै धागो अमेरिका, जापान, लगायतका देशहरुमा नेपालका व्यापारीमार्फत बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
गत वर्ष उहाँले दाङमा उत्पादित धागोबाट बनाइएका साडी काठमाडौँको भृकुटीमण्डपमा लागेको प्रर्दशनीमा लगेर पनि बिक्री गर्नुभएको थियो ।
अहिले गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँमा मात्र ५० बिघा, गोबरडिहामा १० बिघा गरी जम्मा ६० बिघा जमीनमा सामूहिक र व्यक्तिगत रुपमा रेशम खेती गरिएको छ ।

सोही ठाउँका २९ वर्षीय रामलक्ष्मण शाहले पनि यसपटक आफ्नो दुई बिघा जमीनमा यसको खेती थाल्नुभएको छ । अधिकारीबाट प्रेरणा पाएरै यसको खेती थालेको उहाँले बताउनुभयो ।

त्यसैगरी, गढवा–४ गोबरडिहाका ३२ वर्षीय अन्जित चौधरीले पनि दश बिघा जमीन भाडामा लिएर रेशम खेती गरिरहनु भएको छ । धान, मकै, गहँु जस्ता परम्परागत खेती भन्दा रेशम खेतीबाट यथेष्ट आम्दानी लिन सकिने भएकाले आफूहरु यस खेतीतर्फ आकर्षित भएको यहाँका किसानले बताएका छन् ।

रेशम खेती गरेका किसानहरुलाई प्रोत्साहन दिन गत वर्ष प्रदेश ५ को सरकारले कीरा घर निर्माणका लागि साढे ११ लाख रुपैयाँ अनुदान दिएको थियो । सो रकमबाट दुईवटा कीरा घर निर्माण भैरहेको चौधरीले बताउनुभयो ।यस्तै, गढवा गाउँपालिकाले पनि यसपटक रेशम खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ भने प्रदेश सरकारले रेशम खेतीका लागि रु ५० लाख रकम विनियोजन गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com