Follow @khasokhasmag

एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ ।

अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभाग अन्तर्गतका विषयमाहरुमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो ।

जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यसमेत अख्तियार छानबिनमा छन् ।
त्रिविले गरेको छानबिनमा कर्माचार्यले कोइरालालाई अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका १२ विषयमा नम्बर थपिदिएको पाइएको हो ।

कोइरालाले पनिकाबाट डिग्रीका ४ प्रमाणपत्र लिएका थिए । तीमध्ये ३ वटामा नम्बर थपिएको भेटिएको हो । राजनीतिशास्त्र स्नातकोत्तरको प्रमाणपत्रमा भने कुनै कैफियत नभेटिएको त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले बताए ।

त्यस्तै कोइरालाले शिक्षा र कानुन सांयमा त्रिविबाटै स्तानक गरेका थिए । ती विषयका सम्बन्धमा पनि समेत छानबिन गरिएको थियो र तिनमा कुनै त्रुटि नभेटिएको पनिकाले बताएको छ । सुदिन कैनीले लेखेको यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com