पशुपतिका मूर्ति गायब, कति कहाँ पुर्‍याइए कोषलाई नै थाहा छैन


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली,  नौवटा कुवा,  नौवटा धारा,  नौवटा इनार,  नौवटा शक्तिपीठ,  नौवटा क्षेत्रपाल,  नौवटा पोखरी र  नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र ।

गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो । पछिल्ला दशक पालैपालो ऐतिसिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ ।

पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगाना र आकाश क्षेत्रीले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com