रोजगारीको सुनिश्चितता गर्दै स्वरोजगारीको अवसर सृजना गर्नुपर्छ – संयोजक भट्टराई


प्रकाशित मिति : माघ २७, २०७३ बिहीबार

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले श्रमिकहरुको रोजगारीको सुनिश्चितता गर्दै स्वरोजगारीको अवसर सृजना गर्नुपर्ने बताएका छन् । माघ २७ गते पार्टी केन्द्रीय कार्यालय बबरमहलमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुँजीको अभावमा रोजगारीका अवसर सिर्जना नहुने र श्रमिकको अभावमा पुँजीको उचित परिचालन हुन नसक्ने स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए।

संयोजक भट्टराईले पुँजी लगानी गर्ने मालिक र श्रमको लगानी गर्ने श्रमिकबीच गतिशिल सन्तुलन कायम गरी अघि बढ्नुपर्ने बताए । उनले  नेपाल समाजवादी ट्रेड युनियन पुराना ट्रेड युनियनहरुको निरन्तरता नभई नयाँ सोँच, विचार र कार्यशैलीसहित शुरु गरिएको वैकल्पिक महासंघ भएको जिकिर गरे ।

स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघका पदाधिकारीलाई पार्टी प्रवेश गराउदै संयोजक भट्टरार्इले नेपाल समाजवादी ट्रेड युनियनमा षडयन्त्रमूलक व्यवहार नभई सहभागितामूलक निर्णय प्रक्रिया र समावेशि नेतृत्व हुने बताए ।

खगेन्द्र प्याकुरेलको नेतृत्वको स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ एक कार्यक्रमकाबीच नया शक्ति पार्टी नेपालको नेपाल समाजवादी ट्रेड युनियन महासंघमा एकिकरण भएको हो । महासंघमा प्याकुरेल संगै कृष्णप्रसाद सुवेदी(बुहदल कान्छा), मणिकुमार घिमिरे, राजेश मैनाली, बलबहादुर तामाङ, पाण्डव प्रसाद थपलिया, सनक बहादुर मैनाली, पवनजंग मैनाली, राजकुमार श्रेष्ठ, सुरेन्द्र मोक्तान, सिता दाहाल, कृष्णकला ढकाल, बिन्दा गिरी, निर्मला पौडेल, सत्य नारायण चौधरी लगायत थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा सुवेदी र प्याकुरेलले अन्य पार्टीका नेतृत्वभन्दा नयाँ शक्ति पार्टी र त्यसको नेतृत्वप्रति आफूहरु विश्वस्त रहेर समाजवादी ट्रेड युनियनमा एकीकृत भएको बताए । उनीहरुले नेपाल समाजवादी ट्रेड युनियनलाई एक नम्बरको ट्रेड युनियन बनाउने दाबी पनि गरे ।

कार्यक्रम नेपाल समाजवादी ट्रेड युनियन महासंघका संयोजक लालध्वज नेम्बाङ, नयाँ शक्ति पार्टी, नेपालका सह–संयोजक महेश कोर्मोचा, दुर्गा सोब, संगठन विभाग संयोजक देवेन्द्र पौडेल, आंगिक प्रदेश प्रमुख कुमार पौडेल, प्रवक्ता खिमलाल देवकोटा लगायतले रोजगारमुलक कार्यक्रममा श्रमिकको हक हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com