डेंगुबाट बच्ने उपाय


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

  • -एडिज लामखुट्टेको लार्भा विकासका लागि अक्सिजनयुक्ता पानी आवश्यक हुन्छ । त्यसैले, प्रायः सफा पानीमा अन्डा पार्ने गर्छ । गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी र टायर आदिमा जमेको सफा पानीमा समेत यसले अन्डा पार्ने सम्भावना रहन्छ । तसर्थ, यस्ता ठाउँ सधैँ सफा राख्नुपर्छ । पानी राख्ने भाँडा छोपेर राख्नुपर्छ ।
  •  -घरबाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउनुपर्छ । त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे छर्किन सकिन्छ ।
  • -सुत्दा झुलको अनिवार्य प्रयोग गर्नुुपर्छ । सकेसम्म झ्याल–ढोकामा जाली प्रयोग गर्नुपर्छ ।
  • – गाउँ–टोल सफा राख्नुपर्छ । त्यस्तै, पानी जम्ने खाल्डाखुल्डीमा लामखुट्टे मार्ने स्प्रे प्रयोग गर्नुपर्छ । डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण गर्नुपर्छ ।
  • डा.अनुप बाँस्तोला, सरुवारोग विशेषज्ञ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com