५ करोड विरुवा हुर्काउने कार्यक्रम के छ  : कोमल ओली


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

राष्ट्रिय सभाको सांसद कोमल ओलीले बजेटले वन तथा वातावरण मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको र त्यसको लाभ जनताले पाउनुपर्ने माग राख्नु भएको छ । बजेटमा वन मन्त्रालयको लागि विभिन्न कार्यक्रम सञ्चालनको लागि १५ अरब रुपैया विनियोजित भएको अवस्थामा मुलुकको वन क्षेत्र बढाउने गरी काम गर्नुपर्ने माग राख्नुभएको हो ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले मन्त्रालयले ५ करोड वृक्षरोपण गर्नेगरी थालिएको अभियान अत्यन्त राम्रो अभियान भएको भन्दै उहाँले वृक्षरोपणलाई मात्र प्राथमिकता दिइएको छ या विरुवा हुर्काउने कार्यक्रम के छ ? ति विरुवाहरुको संरक्षण कसरी हुन्छ ? भन्ने प्शन गर्नुभएको हो ।

हराभरा वनहरु समेत अस्तव्यस्त भएको काठहरु जङगलमा नै कुहिएको अवस्था छ त्यस्को संरक्षण कहिले हुन्छ ? काठहरुको सदुपयोगको कार्यक्रमहरु मन्त्रालयले कहिले ल्याउने भन्दै प्श्न गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको चाहना उहाँ एक्लैको नभएर सम्पुर्ण नेपालीको भएको र उक्त सपना पुरा गर्ने सबै मन्त्रालय लाग्नु पर्ने उहाँको धारणा रहेको थियो ।

संसदमा बोदै ओलीले विभिन्न जिल्लाका मन्त्रीहरुले आफ्नो जिल्लामा मात्रै बजेट थुपार्ने गरेको भन्ने आरोप लागको प्रसङगलाई कोट्याउदैँ सबै मन्त्रीहरुलाई आफ्नो जिल्ला भन्दा पनि हाम्रो भन्ने सोचाईका साथ अगाडी बढ्न आग्रह समेत गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com