सरकारका कामकारवाही अलोकप्रिय बन्दै गए : नेता नेपाल


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

पूर्व सांसद मञ्च नेपालको १९ औ साधरणसभालाई आज राजधानीमा सम्बोधन गर्दे नेता नेपालले पुर्वाधार विनाका योजना घोष्णा, मनपरि नियुक्ति अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्ठी बढ्दै गएको बताउनुभएको हो । न्युनतम पुर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उहाँले गर्नुभयो ।

व्यवहारमा पुष्ठी नहुने सिद्धान्त सहि सिद्धान्त नहुने भन्दै उहाँले परिर्वतनको आवश्यकता औल्याउनुभयो । उहाँले नेतृत्वले सधै विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने बताउनुभयो ।

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्र्दभमा उहाँले आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नुपर्ने धारणा राख्नुभयो । केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखि निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेता नेपालले राम्रो गर्नेलाई ईष्र्या गर्ने किसिमको ध्वंम्सात्मक दिमाग राख्न नहुने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com