अमेरिकामा रहेका नेपालीहरुलाई सकारात्मक सोंच राख्न कर्ण शाक्यको आग्रह


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

नेवा: नख: न्युयोर्कको आयोजनामा सकारात्मक सोच अभियानकर्ता कर्ण शाक्यसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगाएत अन्य शहरका नेपाली अमेरिकन बुध्दिजीबी, समाजसेवी , पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधीहरू तथा अन्य महिला तथा सज्जनबृन्दहरू को उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्री कर्ण शाक्यले सकारात्मक सोच किन र सकारात्मक सोच ले के कसरी ब्यक्ति, समुदाय तथा राष्ट्रको बिकाश मा सहयोग पुर्याउदछ भन्नु हुदै आफुले सकारात्मक सोचको अभ्यास अनुरूप आफ्नो निजी जीबन, समुदाय तथा राष्ट्रलाई के कस्तो सेवा र टेवा पुर्यायो भन्ने चर्चा गर्नु भयो । उहाँले सकारात्मक सोच अभियान लाई विश्वब्यापी रूपमा अगाडी बढाउदै लैजाने सोचका साथ अमेरीकामा पनि सकारात्मक सोच समूह गठन गर्न पहिलो पटक यसै कार्यक्रमबाट स्रोताहरूलाई आग्रह पनि गर्नु भयो ।

उहाँले अमेरिकामा रहेका नेपालीहरुलाई सकारात्मक सोंच राख्न आग्रह समेत गर्नुभयो । साथै आफु “कर्ण सकारात्मक कोश” अभियानमा लागेको बताउनु भयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नख:का अध्यक्ष बिष्णुमान प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा नख:का उपाध्यक्ष महेन्द्र वीर बज्राचार्यले प्रमुख अतिथि तथा उपस्थित सहभागीहरूको स्वागत गर्नु भएको थियो। नख:का सल्लाहकार अजय छोचूंले प्रमुख अतिथि कर्ण शाक्यको परिचय दिनु भएको थियो। कार्यक्रममा कन्सुलेट कृशु क्षेत्रीले मन्तब्यमा’सोच पुस्तक बाट आफु निकै प्रभावित भएको बताउनु भयो।

कार्यक्रमका सभापति बिष्णुमान प्रधानले उक्त कार्यक्रम मा उपस्थित हुनुभएका प्रमुख अतिथी, सकारात्मक सोचका अभियानकर्ता कर्ण शाक्य, बिशेष अतिथी नेपाली बाणिज्य दुतावासका बाणिज्य दुत कृष्ण कुमार सुबेदी लगाएत सम्पूर्ण सहभागी अतिथीहरू, बुध्दिजीबीहरू,समाजसेवीहरू, पत्रकारहरू, बिभिन्न संघ-संस्थाका प्रतिनिधीहरू, सहयोगीहरू, स्वयमसेवीहरू, नख:का सम्पूर्ण सदस्यहरू तथा कार्य समितीका सदस्य तथा सल्लाहाकारहरू सबै लाई धन्यबाद दिंदै आफु सकारात्मक सोच कार्यक्रम बाट निकै प्रभावित भई आजै देखी सबैले सकारात्मक सोच लिएर अगाडी बढौं भनेर अनुरोध गर्नु भयो।

कार्यक्रममा सकारात्मक सोचका अभियान कर्ता कर्ण शाक्यको नयां पुस्तक ‘कोश’ को बिमोचन नख:का अध्यक्ष बिष्णुमान प्रधान तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार बीरेन्द्र प्रधानले गर्नु भयो।

प्रमुख अतिथिलाई कर्ण शाक्यलाई नख:का अध्यक्ष बिष्णुमान प्रधानद्वारा खादा लगाई, सचिब संगीता मुखिया छोचूं द्वारा फूलको गुच्छा दिइ शुरू गरिएको कार्यक्रम नखका महासचिव डा. नरेश शाक्यले संचालन गर्नु भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com