अमेरिकी सपना बोकेर तेश्रो पटक अमेरिका छिरेका ३० बर्षे पिताको अध्यागमन हिराशतमा निधन
प्रकाशित मिति : असार १६, २०७६ सोमबार
अमेरिकी सपना बोकेर होण्डुरसबाट हिडेका ३० बर्षे पिताको अमेरिकाको अध्यागमन हिराशतमा मृत्यु भएको छ । अमेरिकी अध्यागमनको हिराशतमा लिइएको केही सातापछि उनको निधन भएको हो ।
सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिरेका होण्डुरसका यिमी एलेक्सिस बाल्डेरामोस टोरेसलाई गत मे १७ मा एल पासो टेक्सासमा आइसका अधिकारीहरुले नियन्त्रणमा लिएका थिए । छोरासहित नियन्त्रणमा लिइएका उनलाई मेक्सिको फिर्ता पठाईएको थियो ।
त्यसपछि उनी पुन मे २७ मा गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेका थिए । स्थानीय प्रहरीले उनलाई ट्राफिक स्टपमा नियन्त्रणमा लिएपछि जुन ६ मा आइसको हिराशतमा राखिएको थियो । उनलाई सन् २०१३ मा पनि नियन्त्रणमा लिएर देशनिकाला गरिएको थियो ।
आइसको हिराशतमा लिइएको दुईसातापछि जुन १८ मा उनलाई ह्युस्टनको जेलमा पठाइएको थियो । त्यही जेलमा बसेर देशनिकाला कुरिरहेका उनी आइतबारविहान मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारणबारे केही खुलाइएको छैन ।






