सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप


प्रकाशित मिति : माघ २७, २०७३ बिहीबार

सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि एक वर्ष थप भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए। दुई वर्ष अघि गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि बुधवार सकिएको थियो।

यस्तै बैठकले बेपत्ता छानविन आयोगको म्याद पनि एक वर्ष थप गरेको छ। आयोगले सिफारिस गरेबमोजिम दुवै आयोगको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको कार्कीले बताए।

तत्कालीन नेकपा माओवादीको १० वर्षे द्वन्द्वकालमा जघन्य मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न दुई वर्षअघि सरकारले आयोग गठन गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com