अष्ट्रेलियामा पढ्न आउन चाहनेले जान्नै पर्ने महत्वपूर्ण कुराहरु


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

नेपालमा विशेष गरि १२ पास गरेपछि विद्यार्थीहरु विदेशमा पढ्न जान चाहन्छन् । विदेशमा पनि भिसा पाउन तुलनात्मक रुपमा सजिलो र विद्यार्थीहरुको लागि वर्क परमिट भएका कारण अहिले धेरै विद्यार्थीहरुको रोजाई अष्ट्रेलिया हुने गरेको छ ।

यसरि अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुले अष्ट्रेलिया आउनुभन्दा अगाडी यहाँको केही जानकारी लिन सके यहाँ उनीहरुलाई सहज हुनसक्छ ।

– अंग्रेजी यहाँ कार्यालय तहमा र बोलीचालीमा प्रयोग हुने भाषा हो । तर धेरै मात्रामा प्रयोग हुने अष्ट्रेलियाको स्थानिय भाषाका केही शब्दहरु जानिराख्दा यहाँ कम्युनिकेसनको लागि सजिलो हुन्छ ।

– यहाँ पढ्न आउँदा अनिवार्य रुपमा स्वास्थ्य बीमा गर्नुपर्छ ।

– अष्ट्रेलिया महँगो जीवनशैली भएको देश हो । यहाँ काम गरेबापत आएको पैसा पढाई र दैनिक जीवनमा खर्च गरि सन्तुलित रुपमा जीवनयापन गर्न पैसाको कुशल व्यवस्थापन गर्नुपर्छ ।

– यहाँको पढाइको ग्रेडिंग सिस्टम छुट्टै हुन्छ । जस्तै ‘डी’ भनेको विशिष्ट श्रेणी ( distinction ) मानिन्छ, एचडी भनेको ( high distinction ) मानिन्छ ।

– विद्यार्थीहरुले आफूले पाउने वर्क परमिट, विदेशी विद्यार्थीहरुको लागि उपलब्ध छात्रवृत्ति, यातायात, रेष्टुराँ लगायत ठाउँमा विद्यार्थीले पाउने छुट आदिको बारेमा जानकार हुनुपर्छ ।

– यहाँ आइसकेपछि बस्नको लागि घरभाडामा लिंदा यहाँका केही नियम र आफू नठगिनको लागि अपनाउन सकिने उपायबारे जानकार हुनुपर्छ ।

– अष्ट्रेलियाको ड्राइभिंग नियम लगायत अरु कानून बारे यहाँ आउनुभन्दा पहिले जानकारी लिंदा यहाँ आएर हतास हुनुपर्दैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com