फेशनमा कर्ली परेला
प्रकाशित मिति : असार १६, २०७६ सोमबार
फेशनमा हरेक दिन नयाँ नयाँ ट्रेन्ड आउने गर्छ । मानिसहरु नौला नौला प्रयोगहरु परिक्षण गर्ने गर्छन् । यस्तैमा अहिले कर्ली परेलाले चर्चा पाइरहेको छ ।
इन्सटाग्राम मार्फत उक्त कर्ली परेला फेशनमा आएको हो ।
इन्सटाग्राममा अत्यधिक फलोवर भएकी सोफी पिटरसन् मेकअप आर्टिस्ट हुन् । उनले समय-समयमा अनौठो मेकअप रुपका तस्बिर राख्ने गर्छिन् ।
सोफीले नै पहिलो पटक सामाजिक संजालमा कर्ली परेला बनाएर तस्बिर राखेकी थिइन् । त्यसपछि उनलाई पछ्याउनेहरुले कर्ली परेला बनाएका तस्बिरहरु पोस्ट गर्न थालेका छन् ।






