अष्ट्रेलियामा निम्न तथा मध्ये आय भएका मानिसहरुका लागि अब १ हजार ८० डलरसम्म कर छुट हुनेभएको छ । आज अर्थात जुलाई १ देखि नयाँ आर्थिक वर्ष लागु भएसंगै यो नियम पनि लागु हुने भएको हो ।
उक्त नयाँ कर छुट नियम अनुसार, ३७ हजार डलर भन्दा कम आम्दानी भएका व्यक्तिहरूले थप २५५ डलरसम्म कर छुट पाउनेछन् । त्यस्तै, ३७ हजार देखि ४८ हजार डलरसम्म कमाउनेहरुले १ हजार ८० डलरसम्म कर छुट पाउनेछन् ।
९० हजार डलर देखि माथि कमाउने व्यक्तिहरुको भने कमाइ बढ्दै जाँदा कर घट्दै जानेछ । १ लाख २६ हजारसम्म कमाउनेहरुलाई १ हजार ८० बाट सुरु भइ उही अनुपातमा कर छुट कम कम हुँदै जानेछ भने १ लाख २६ हजार डलर देखि माथि कमाउनेले भने १३५ डलर कर छुट पाउनेछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।