मुख्यमन्त्री राई अमेरिका प्रस्थान, १ नम्बर प्रदेश सम्बद्धसँग जुलाई ७ मा न्युयोर्कमा अन्तरकृया


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा यही जुलाई ५ देखि ७ सम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गर्नुभएको उहाँका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश सरकारको सिफारिस र सङ्घीय सरकारको स्वीकृति बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गर्नुभएको हो । अमेरिकाको उक्त कार्यक्रममा उहाँले गैरआवासीय नेपालीलाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा उहाँले प्रदेश नं १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैरआवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नुहुनेछ ।

नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नुहुनेछ । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्ति सहभागी भइसकेका छन् ।

सम्मेलनको आयोजना एशोसियशन अफ नेप्लिज इन दि अमेरिका, एशोसियशन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल्टिमोरको कार्यक्रमपछि जुलाई ७ मा न्युयोर्कमा नेपालीहरुसँग अन्तरकृया कार्यक्रम गर्ने तय भएको छ । नेपाली महावाणिज्यदूतावास न्युयोर्कको आयोजनामा हुने उक्त कार्यक्रममा सहभागिताका लागि अनुरोध समेत गरिएको छ ।

खासगरी प्रदेश नम्बर १ बाट अमेरिकाको न्युयोर्क र आसपासका क्षेत्रमा आइ बसोबास गर्नेहरुलाई केन्द्रीत गरेर न्युयोर्कमा अन्तरकृया कार्यक्रम गर्न लागिएको प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव राधाकृष्ण देउजाले जानकारी दिनुभयो ।

आफ्नो प्रदेशबाट विदेशका बिभिन्न ठाउँमा रहनु भएका नागरिकहरुलाइ के कसरी अपनत्व महशुस गराउन सकिन्छ ? के कस्ता अधिकार र अवसरहरु दिन सकिन्छ ? प्रवासमा बसेका एक नम्बर प्रदेशका नागरिकहरुबाट प्रदेश नम्बर एकले के कस्ता सहयोग पाउन सक्छ ? भन्ने विषयमा छलफल गर्नु मुख्यमन्त्रीको एक मात्रै लक्ष्य रहेको राजनीतिक रुपमा उहाँको दल निकट देउजाले बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com