अमेरिकाको डिसी महानगरमा सामुदायिक भवन बनाउन नेपालीहरुले संकलन गरे २ मिलियन डलर


प्रकाशित मिति : असार १५, २०७६ आईतबार

विजय थापा 

अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको डिसी मेट्रो सप्ताह २०१९ अभूतपूर्ण अपार सफलता साथ सम्पन्न भएको छ । अमेरिकी नेपाली समुदायको ईतिहासमा सवै भन्दा ठूलो चन्दा रकम २० लाख ३४ हजार डलर संकलन गर्दै नयाँ ईतिहास रच्न सफल भएको छ ।

अमेरिकामा रहेका नेपाली समुदायले विभिन्न राज्यहरुमा आयोजना गरेका सप्ताह महापुराणहरु मध्ये सबैलाई उछिन्दै सर्वाधिक दान रकम संकलन गरि किर्तिमान कायम गरेको छ ।

उक्त यो रकम जम्मा ८ सय २० जना दाताहरुबाट जुटेको हो । डिसी मेट्रो सप्ताह २०१९ नामक सप्ताह गत जुन २२ देखि जुन २९ सम्म चलेको थियो । जुन २२ को दिन केवल कलस यात्रा मात्र गरि जुन २३ का दिन देखि सप्ताह पुराण सुरु गरि जुन २९ शनिबार सम्म चलेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजकका अनुसार हाल सम्म संस्थापक आजीवन सदस्य ५ सय ८ जना ,संस्थापक गुठियार (ट्रष्टी )सदस्य १ सय ४६ जना ,संस्थापक बेनेफ्याक्टर ( उपकारी ) सदस्य २९ जना ,संस्थापक संरक्षक १० जना ,संस्थापक प्लाटिनम सदस्य ८ जना र बार्षिक सदस्य १ सय १९ जना रहेको जनाएका छन् ।

२० लाख ३४ हजार डलर संकलन मध्ये १० लाख ( १ मिलियन) रकम उठी सकेको छ भने बिगत देखि अहिले सम्म अमेरिकामा आयोजना गरिएका सप्ताह मध्ये कै यति ठूलो नगद उठेको यो पहिलो अभिलेख हो ।

अहिले सम्म कै सर्वाधिक ज्यादा दान दिने डिसी मेट्रो सप्ताह २०१९ का संयोजक रहेका अरुण रुपाखेती भएका छन् । गत जुन २९ सप्ताह समापनका दिन समाजसेवी तथा डिसी नेपाली समाजका संस्थापक रुपाखेतीले ५५ हजार ५ सय ५५ डलर ५५ सेन्ट दान गर्ने घोषणा गरेका थिए । उनले उक्त घोषणा सपरिवार साथ घोषणा गर्दै आफू सदैव संस्कृति ,परम्पराको रक्षा गर्न लागि परेको भन्दै आफू सामान्य घण्टा हान्ने काम गर्ने भएता पनि यो महान अभियानमा धन भएर हैन मन भएर यति रकम दान गरेको बताए ।

यसै गरि गत बिहिबार जुन २७ का दिन अभियन्ता तथा व्यवसायी प्रेम भण्डारीले ५० हजार डलर चन्दा दान गरेका थिए । संरक्षक हाल सम्म १० जनाले घोषणा गरेता पनि उनीहरु प्रारम्भमा गुठियार सदस्य,बेनेफ्याक्टर (उपकारी )प्लाटिनम सदस्य बन्ने घोषणा गरेता पनि समापनका दिन सम्म संरक्षक बन्ने घोषणा गरेका थिए ।

सप्ताहको समापन जुन २९ को एकै दिनमा ७ लाख डलर संकलन भै नयाँ कृतिमान कायम भएको छ । स्मरण रहोस अहिले सम्म कै ईतिहास मै डिसी महानगर क्षेत्रका नेपाली समुदायहरु यसरी जुटेको पहिलो पटक देखिएको छ । यस्तो एकता सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी लगाउदा यस्तो एकता देखिएको थियो ।

डिसी महानगर क्षेत्रको भर्जिनियामा अहिले सम्म नेपालीहरुको सामुदायिक केन्द्र नभएको,समुदायमा यसको अभाव खट्किएको ,र अपरिहार्यता भएकोले यत्रो ठूलो रकम संकलन गर्न सबै नेपाली समुदायले ऐक्यबद्धता जनाई उदाहरण प्रस्तुत गरेका छन् ।

यस्का मुख्य पहलकर्ता सामाजिक अभियन्ता ददिराम ढुंगाना लगायत यसलाई साथ दिने र सामुदायिक भवन परियोजनाको परिकल्पना देख्ने सामाजिक अभियन्ताहरुको सपना साकार हुने पक्का भएको छ । गत जुन २९ सप्ताह समापनका भर्जिनियाको मनासस स्थित सकृय संस्था अमेरिका नेपाल सहयोगी समाज ( एएनएचएस)ले केही महिना अगाडी पशुपतिनाथ मन्दिर बनाउन भनि खरिद गरेको जग्गा र यसको परियोजना पनि नेपाली अमेरिकन सामुदायिक केन्द्रको परियोजनामा एकता भएको घोषणा भएको छ । असल कारणको लागि डिसी महानगरका नेपाली समुदाय एक ढिक्का हुने रहेछन भनि प्रमाणित गरेको छ ।

यसै गरि गत जुन २८ का शुक्रबारका दिन सप्ताहमा अहम भूमिका निर्वाह गर्ने चिकित्सक मदन उप्रेती र अनामिका उप्रेतीले पहिले २० हजार डलर दान गरी प्लाटिनम सदस्ता लिई सकेता पनि एक मिलियन (१० लाख )भन्दा माथि चन्दा संकलन भएमा दोब्बर बनाउने प्रतिबद्धता अनुसार ४० हजार दान गरि संरक्षक बनेका छन् ।

सप्ताहका मुख्य आकर्षणको रुपमा नेपालबाट झिकाइएका वाचन प्रवीण दीनबन्धु पोखरेलले पोखरेलले बैज्ञानिक पद्दतिको माध्यमबाट भागवत गीताको सारलाई सरल भाषामा लयबद्द तरीकाले प्रस्तुत गरि सप्ताह समापन गरेका थिए ।

स्मरण रहोस अमेरिकामा पेशागत रुपमा रहेका नेपाली अईन्जिनियर्स ( अभियन्ता) चिकित्सक लगायत सवै वर्गका समुदायको उल्लेख्य योगदान रही डिसी मेट्रो सप्ताह नयाँ ईतिहास कोर्न सफल भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com