भर्जिनियामा सामुदायिक भवन निर्माणको सपना साकार बन्दै,नेपालीलाई एउटा सूत्रमा वाध्ने प्रयत्न 


प्रकाशित मिति : असार १५, २०७६ आईतबार

– ह्यारी भण्डारी

आदरणीय भर्जिनियावासी दाजुभाई दिदीवहिनी तथा बुबा आमा र भावी सन्तति तपाईहरुको अहोरात्रको खटाई ,सामूहिक भावना र मनकारी दानको कारणले आज सम्पन्न हुन गईरहेको साता व्यापी लामो पुराण कार्यक्रम अन्र्तगत शनिवार उपस्थित भएर केही कुरा राख्ने मौका प्रदान गर्नुभएको मा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

नेपाली अमेरिकन डायस्पोराको छोटो ईतिहास भएकाले यसलाई दिगो रुपमा विकसित गर्दे अमेरिकाको मूलधारको प्रक्रियामा समाहित गराउनु नै हामीहरुको मुख्य चुनौती रहेको छ । यसको लागि सानो भएपनि भर्जिनियावासीहरुको प्रयास र प्रयत्नले सामुदायिक भवन निर्माणको सपनाले साकार रुप ग्रहण गर्न लाग्दैछ । यसले हामीहरुकोे भावी सन्ततिका लागि हामीहरुको पहिचान,हाम्रा भावना र ईतिहासको समेत जगेर्ना गर्दे समुदायको वृहत्तर हीतको लागि सामुदायिक केन्द्रको माध्यमवाट सन्देश दिन सकियोस भन्ने कामना गर्दछु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अरु धेरै आप्रवासीहरुको कथा जस्तै नेपाली आप्रवासीका कथापनि फरक छैंनन, प्रारम्भिक चरणका संघर्षका कथाहरु र भावी पिढीको सुन्दर भविष्य निर्माण गर्न खेल्नु पर्ने भूमिका देखि आफनो कला,संस्कृति र भाषाको जगेर्ना गर्दे भावी पिढीलाई हस्तान्तरण गर्नुपर्ने हामीहरुको दायित्व रहेको छ । यसको लागि सामुदायिक केन्द्रको स्थापना,सञ्चालन र निरन्तरताको लागि पनि पनि उत्तिकै ऐक्यवद्धताका साथ लागिपर्नुहुन यसका अभियन्ता, दाता र स्वयंसेवकहरु सवैलाई हार्दिक अनुरोध गर्दछु ।

मलाई के विश्वास रहेको छ भने हामी नेपालीहरु एक भएर कुनै कामको थालनी गरयौ भने त्यसलाई सफल पार्न सक्षम छौं, यसको एउटा उदाहरण भर्जिनियाको सामुदायिक भवनको निर्माणको लागि जुटेको मनकारी दाताहरुको मन र दानले पुष्टि गरेको छ । यसैगरी हामीहरुले अमेरिका भरि कुनै न कुनै अभियानमा सहभागी भएर यस्तै सहकार्यता र समन्वयको मार्फतबाट अन्य धेरै कामहरु सफल गर्न हातेमालो गर्न सकौं भन्ने मेरो भनाई रहेको छ ।

साथै अमेरिका भरि रहेका यस्ता सामुदायिक केन्द्रहरुले एक अर्कामा सहकार्य गर्दे उपलब्ध स्रोतहरुको अधिकतम उपयोग गर्न सदैव आफनो ढोका खुला राख्नुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता समेत रहेको स्पष्ट पार्न चाहन्छु । यसरी नै हाम्रो आवाजलाई वास्तविक रुपमा एकीकृत ढंगले वुलन्द पार्न सक्छौं ।

अन्त्यमा, म भन्ने भावनालाई त्यागेर हामी भन्ने भावना जागृत गर्दे नेपाली र नेपालीको वीच हातेमालो गरौं र प्रवासी भूमिमा हामीहरुको उपस्थितिलाई अझै व्यवस्थित तरिकाले अगाडि वढाऔं भन्दै पुन : सम्पूर्ण आयोजक टीमलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

भण्डारी मेरिल्याण्ड जनरल एसेम्वली डेलिगेट हुनुहुन्छ । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com