सुभाष दर्नालको नाममा स्कुल स्थापना


प्रकाशित मिति : असार १५, २०७६ आईतबार

सिपापोखरे जातीय दलन र प्रतिरोधको प्रतीक हो । यहाँ भएको सामाजिक न्यायका लागि सङ्घर्ष प्रेरणादायी छ । यही सङ्घर्ष शिक्षा क्षेत्रमा विस्तार भएको छ, सबै व्यक्ति र समुदायको हातेमालोमा । शिक्षा क्षेत्रमा समता र पहुँचका लागि गरिएको साझेदारीको क्रममा नयाँ विद्यालय भवन निर्माण भएको छ । २०७६ जेष्ठ ३० गतेदेखि यस विद्यालयको नाम ‘श्री बालकल्याण दर्नाल आधारभूत विद्यालय’ भएको छ । यस विद्यालयको नाम सँग जोड्न पाउनु आफैमा गौरव र सम्मानको विषय हो, जसले नेपाली समाजमा गढेर बसेका असमानता र विभेदको तीक्ष्ण अनुभूति र चेतनाका साथ हुर्कने क्रममा एक दूरदर्शी युवा र अथक अभियन्ताको जीवन बाँच्नुभयो, जसले दलित समुदायका लागि न्याय, समता र आत्मसम्मानको मुद्दालाई राष्ट्रिय एजेण्डा बनाउन आफूलाई होम्नुभयो ।

सबै मानिसका लागि न्याय, शान्ति र लोकतन्त्र स्थापनाको कठिन सङ्घर्षमा क्रियाशील रहँदारहँदै अल्पायुमै देहान्त भएका अभियन्ता सुभाष दर्नालको स्मृतिमा स्थापित ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ले यसको अगुवाइ गरेको छ । यस अवार्डले सिपापाखरेका दलित र तामाङसँगै सबै समुदायका विद्यार्थीलाई शैक्षिक अधिकार दिलाउन बृहत् रुपमा हातेमालो गरिरहेको छ ।

यस भवन निर्माणमा स्थानीय समुदाय, विद्यालय र नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको सहकार्य रहेको छ भने समता फाउण्डेसन, जागरण मिडिया सेन्टर र सरिता परियार ट्रष्ट फण्डको सहयोग रहेको छ । यो योजना गुरुङ (तमु) इंक., न्युयोर्क, युएसए र अधिकार, न्युयोर्क, युएसएको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com